Latest News

Tuesday, December 13, 2016

इन्डोनेसियामा भूकम्पका कारण ८४ हजार विस्थापित

पश्चिमी इन्डोनेसियामा हालै गएको भूकम्पको कारण करिब ८४ हजार व्यक्ति विस्थापित भएका अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।
सन् २००४ मा आएको भूकम्पपछिको सुृनामीबाट पनि अत्यन्त प्रभावित इन्डोनेसियाको आचे प्रान्तमा नै आएको यस शक्तिशाली भूकम्पबाट एक सयभन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य सयौंको सङ्ख्यामा घाइते भएका थिए ।मुस्लिम समूदायको बाहुल्यता रहेको यस इलाकामा भूकम्प आएको बेलामा प्रार्थना भईरहेको र यस ६।५ रिक्टर स्केलको भूकम्पबाट हजाराँै घर, व्यापारिक भवन र मस्जिदहरु ध्वस्त भएका बताइएको छ ।
भूकम्पका कारण अहिलेसम्म एक सय जनाभन्दा बढीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । यस भूकम्पको कारण ८३ हजार आठ सयभन्दा बढी व्यक्ति घारवारविहिन भएका राष्ट्रिय प्रकोप नियन्त्रण विभागमा प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले जानकारी दिनुभएको छ ।
कम मात्र गहिराइमा केन्द्रविन्दु भएर गएको यस ६।५ रिक्टर स्केल मापन गरिएको शक्तिशाली भूकम्पको कारण आचे प्रान्तको पिडाई जया जिल्ला अत्यन्त प्रभावित भएको थियो ।इन्डोनेसियाको आचे प्रान्त सन् २००४ मा आएको शक्तिशाली भूकम्पछिको सुृनामीमा परी एक लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसमा पनि आचे प्रान्तका व्यक्तिहरुको हताहती सङ्ख्या बढी रहेको थियो । रासस÷एएफपी

No comments

Post a Comment