प्रकाश ढुंगाना काठमाडौं, मंसिर २९
काठमाडौंको जोरपाटीस्थित हेलम्बु रेष्टेरेन्टमा गएर गत मंसिर २५ गते राति साढे १० बजे ट्याक्सी चालक राजकुमार तामाङ तुम्बा खाए। त्यस बीचमा रेष्टुरेन्टमा काम एक जना युवतीसँग उनको परिचय भयो। एक छिनपछि राजकुमारले ती युवतीलाई दोहोरी जान आग्रह गरे। युवती राजी भइन्। उनीहरू दुबै रेष्टुरेन्टबाट निस्किए।राजकुमारले मापसे पनि गरेका थिए। नयाँ बस्ती पुगेपछि राजकुमारले चलाएको ट्याक्सी खाडलमा फस्यो। अर्के ट्याक्सी लिएर फेरि हेलम्बु रेष्टुरेन्टमा उनीहरू आए। साढे ११ बजे उनीहरू आउँदा रेष्टुरेन्ट बन्द भइसकेको थियो। रेष्टुरेन्टको अण्डरग्राउण्डमा गएर दुवै जना सुते। अनुसन्धान गर्ने प्रहरी भन्छ, ‘उनीहरूबीच त्यसबेला शारीरिक सम्बन्ध भएको देखिएको छ।’
प्रहरीका अनुसार राजकुमारले फेरि ती युवतीसँग शारीरिक सम्बन्ध राख्ने प्रयास गर्छन् ती युवतीले त्यसका लागि केही रकम माग गर्छिन्। राजकुमारले रेष्टुरेन्ट सञ्चालिकालाई पैसा पहिल्यै दिइसकेको बताएपछि उनीहरुबीच भनाभन हुन्छ।
उनीहरूबीच धकेलाधकेल भइसकेपछि राजुकमार भुइँमा ढल्छन्। त्यसपछि रेष्टुरेन्ट सञ्चालिका र उनको भाई उठ्छन्। राजकुमारले ती युवतीसँग फेरि सेक्सका लागि प्रस्ताव गर्छन्। विवाद झन बढ्दै गएपछि राजकुमारमाथि इट्टा प्रहार हुन्छ।
त्यसपछि रेष्टुरेन्ट सञ्चालिकाले प्रहरीलाई राजकुमार बेहोस भएर ढलेको जानकारी दिन्छिन्। प्रहरीले ट्याक्सीमा हालेर राजकुमारलाई अस्पताल पठाउँछ। अस्पताल लैजाने क्रममा राजकुमारको बाटैमा मृत्यु हुन्छ।
प्रहरीले घटनामा सम्लग्न भएको अभियोगमा रेष्टुरेष्ट सञ्चालिकासहित ५ जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी रेष्टुरेन्ट सञ्चालिका संगिता राई, मागघन राई, अरूण माझी, दिया माझी र रेष्टुरेन्टमा काम गर्ने माया तामाङलाई नियन्त्रणमा लिएको जानकारी गरायो। महाशाखाका एसएसपी सर्वेन्द्र खनालले सेक्सका लागि पैसाको बार्गेनिङको विषयमा विवाद भएको र राजकुमारलाई मागघन राईले इट्टा प्रहार गरेको बताए।
घटनामा प्रहरीको संलग्नता नभएको उनले बताए। घटनामा प्रहरीको संलग्नता भएको भन्दै प्रहरी बिट नयाँवस्तीमा आगजनी र तोडफोड भएपछि खनालको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो।
समितिमा काठमाडौं प्रहरीका एसपी प्रद्युम्न कार्की र महाशाखाका डिएसपी दीपक रेग्मी सदस्य थिए
No comments
Post a Comment