Latest News

Monday, December 5, 2016

मेलम्चीमा भेटिएको पहेँलाे धातु के होला?खानी आशंकामा मेलम्चीमा कडाइ

हेलम्बुस्थित मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा भेटिएको पहेंलो पदार्थ आउने पहाडको भाग खानी हुने आशंकामा शनिबारदेखि सुरक्षामा कडाइ गरिएको छ । स्थानीयहरुलाई बाहेक अरुलाई आउन जान पुरै रोक लगाइएको छ। कान्तिपुर दैनिकमा समाचार छ।
हेलम्बु ७, ८, ९ का सबै स्थानीयहरु अहिले बाहिरी गेटमा बसेका सेनासँग अनुमति लिएर मात्रै पार गर्न पाउँछन । आउँदा छुट्टै अनुमति लिनुपर्ने प्रावधान गरिएको छ । निर्माणको काम नै रोकेर ल्याब टेष्टको लागि लगिएको उक्त पहेंलो पदार्थ के हो भन्ने तथ्य अहिलेसम्म पत्ता लागिसकेको छैन ।मेलम्ची नगरपालिकाका प्रहरी निरिक्षक निरज डाँगीकाअनुसार भूर्गवविदहरुले गरेको अनुसन्धानको तंथ्याकमा मेलम्ची क्षेत्रभर नै सुन हुन नसक्ने दाबी गरेका छन्। कान्तिपुर दैनिकमा समाचार छ।मेलम्ची क्षेत्रभर सुन हुन नसक्ने प्रमाण भूर्गविदले दिएका छन्,’ प्रहरी निरिक्षक डाँगीले भने, ‘पदार्थ टेष्टमा लगेलगत्तै यहाँ भएको वातावरण भौगोलिक अवस्थाको आधारमा यहाँ सुन पाइने सम्भावना नै नभएको भूर्गभविदको प्रमाणित विवरणले बताएको छ ।’

No comments

Post a Comment