के तपाईंलाई छाति पोल्ने समस्या छ ? यदि छ भने यसलाई रुपमा नलिनुहोस् । छाति पोल्ने समस्या पेट क्यान्सरको लक्षण हुन सक्छ । पब्लिक हेल्थ इंग्ल्याण्डका अनुसार यदि तीन साताभन्दा बढी समयदेखि छाति पोल्ने र खाना निल्न समस्या छ भने तत्काल डाक्टरलाई देखाइहाल्नुपर्छ । किनभने अधिकांश मानिसहरु पेट क्यान्सरको सुरुवाती लक्षण थाहा पाउँदैनन् । क्यान्सर जति चाँडो पत्ता लाग्छ, उपचार उति सजिलो हुन्छ । यहीकारण पब्लिक हेल्थ इग्ल्याण्डले सन्चालन गरेको ‘बि क्लियर अन क्यान्सर’ अभियान मानिसहरुको ध्यान पेट क्यान्सरतर्फ आकर्षित गराइरहेको छ ।
तीन सातादेखि अपच हुनु
खाना निल्न समस्या हुनु
विनाकारण तौल कम हुनु
धेरै डकार आउनु
चाँडै अघाउनु
बान्ता आउनु या आउलाजस्तो हुनु
पेटको माथिल्लो भागमा पीडा या असुविधा महसुस हुनु
ब्रिटिश जर्नल अफ जनरल प्राक्टिसमा प्रकाशित एक अनुसन्धानले पनि मानिस यस्ता सुरुवाती लक्षणमा किन ध्यान दिँदैंनन् भन्ने प्रष्ट पारेको छ । केही मानिसहरु क्यान्सरको पुष्टि हुने डरले आफ्नो स्वास्थ्य समस्याका बारेमा कुरा नै गर्न चाहदैनन् । केही भने डाक्टरलाई नै विश्वास गर्दैनन् र आफ्ना समस्या बढ्दो उमेरसंग आएको बताउँछन् । पब्लिक हेल्थ इंग्ल्याण्डको यो अभियान पनि मानिसहरुलाई यस्ता लक्षणका बारेमा सचेत गराउँनु रहेको छ ।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"
No comments
Post a Comment