काठमाडौं । योनिमार्गबाट सेतो बाक्लो अनि गन्हाउने पदार्थ निस्कनुले पाठेघरमा संक्रमण भएको संकेत गर्छ । यस्तो अवस्थामा महिलाहरु सचेत हुनुपर्छ ।
यस्तो अवस्था आउनेवित्तिकै चिकित्सकलाई देखाउनु पर्छ । विशेष गरेर पाठेघरमा समस्या देखिएपछि गन्हाउने बाक्लो सेतो पदार्थ आउने गरेको चिकित्सकहरुको भनाइ छ । यो ठूलो रोग नभए पनि यसले हेलेचेक्र्याइ गरेर बस्नु भने हुँदैन । सानो विषयले ठूलो रुप पनि लिन सक्छ ।यौनको संक्रमणबाट बच्न सेक्स गरिसकेपछि योनिलाई सफा पानीले सफा गर्ने, सुरक्षित यौन सम्पर्क गर्ने, गर्भनिरोधक जथाभावी औषधिहरु प्रयोग गर्न नहुने चिकित्सकहरुको सुझाव छ । चिकित्सकहरुका अनुसार जथाभावी औषधि प्रयोगले स्वास्थ्यलाई असर पुगाउने भएकाले पनि सबैले औषधि प्रयोगमा उचित परीक्षणविना जथाभावी औषधि प्रयोग गर्नु हुँदैन ।यस्तो समस्या हुने महिलाले छिटोभन्दा छिटो एकपटक स्त्रीरोग विशेषज्ञसँग परीक्षण गराउनु उपयुक्त हुन्छ ।
अर्को कुरा, गर्भपतन गराइसकेका महिलामा हुने समस्यामा पनि ध्यान दिनुपर्छ । परिवार नियोजनका साधनहरुका बारेमा परामर्श प्राप्त गर्नुपर्छ ।

No comments
Post a Comment