Latest News

Tuesday, December 6, 2016

जोया जिबन काण्ड :कामे मगर र महेश राना धरौटीमा थुनामुक्त

धादिङ अनलाइन
अन्तत जोया जीवन काण्डमा थुनामा परेका जीवनका मामा समाजसेवी कामे मगर र डिके मिडियाका पत्रकार महेश राना थुना मुक्त भएका छन ।आजै काठमाडौँ जिल्ला अदालतमा जनही ३० हजार धरौटी राखी उनीहरु थुनामुक्त भएका हुन् ।चितवनको आदर्श गृहको लापरबाहीबाट देशनिकाला परेका जोया र तिनका २ नेपाली बच्चाहरु मिगेल मगर र एरिक मगरलाई फिलिपिन्सबाट कानुन सम्मत फर्काएर ल्याए पछी आफु र आफ्नो संस्था को बेइज्जत भएको भन्दै आदर्श गृहकी संचालिका मिना खरेलले कामे मगर , महेश राना लगायत दर्जनौंलाई मुद्दा हालेकी थिइन् ।जोया र नानीहरुलाई फर्काउन हंग कंग निवासी नबिन जंग , नवांग शेर्पा , न्युयोर्क निवासी आङ कामि शेर्पा, कोरिया निवासी प्रेम सुब्बा , डिके मिडिया , पेम्बा शेर्पा, ओखल ढुंगाका पेमा निमा शेर्पा, नेपाल मगर शंघ, अमेरिकन दुताबास काबुलमा कार्यरत नेपालीहरु, देव भण्डारी, नेरुता तामांग , शरिन तामांग , रोहित कटवाल, हरिश गुरुङ , कमला दाहाल , पुर्ब डिआइजी पार्वती थापा  लगायत संसार भरका नेपालीहरुले आर्थिक र नैतिक सहयोग गरेका थिए ।नेपाल फर्किसके पछिजोया र जीवनको बिहे दर्ता गराई नानीहरुको जन्म दर्ता गर्न र  जोयालाई नेपाली नागरिकता बनाउन भनी गृह जिल्ला चितवन गएको बेला चितवन जिल्ला अदालत परिसर बाटै कामे मगर , महेश राना , जिबन मगर, जोया र नानीहरु सबैलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो ।तर पछी सिडिओको रोहबरमा जीवन जोयाले मागी मागेर मिना खरेलको जयजयकार गर्दै फेसबुक र युट्युबमा भिडियो हाल्ने बाचा गरे पछि जोया जीवन भने त्यहाँ बाट उम्कन सफल भएका थिए भने कामे मगर र महेस रानालाई भने तत्काल हिरासतमा लिई साइबर क्राइम अन्तर्गत मुदा चलाउन काठमाडौँ प्रहरी परिसर हनुमान ढोका चलान गरिएको थियो ।समाजसेवा गर्दा बिनाकारण आफुलाई अन्यायपुर्बक दुख दिइएको भन्दै हनुमान ढोका प्रहरी थुना भित्रै  कामे मगरले ५ दिन सम्म भोक हड्ताल समेत गरेका थिए । यस पश्चात उनि सिकिस्त बिरामी परेपछि बिर अस्पताल पुर्याइएको थियो  ।सहयोगीहरु ,  प्रहरी अधिकारी हरु , आफन्तहरुले समेत कानुन सम्मत सत्य तथ्य पत्ता लागेपछि गल्ति नगरेको भए स्वत सफाई पाउने भनी आश्वस्त पारेपछि उनले भोक हड्ताल त्यागेका थिए ।आगामी दिनमा मिना खरेल बिरुद्ध जोया जीवन , कामी मगर , महेश राना आदिले मुद्दा मामिला गर्लान या चुपचाप बस्लान् त्यो भने हेर्न बाँकि छ ।

No comments

Post a Comment