चीनले दोस्रोपटक ग्वान्जाओबाट नेपालका लागि मालवाहक रेल छुटाएको छ। गत वैशाखमा रेलबाट काठमाडौंका लागि कार्गो कन्टेनर पठाएको चीनले सात महिनापछि फेरि मालवाहक रेल ग्वान्जाओबाट छुटाएको हो।चिनियाँ सामान भारतको कोलकता बन्दरगाह-वीरगञ्ज हुँदै आइरहेकोमा फेरि चीनकै स्थलमार्ग भएर ल्याउन थालिएको खबर नागरिक दैनिकले छापेको छ।नेपाली व्यापारीले खरिद गरेको रेडिमेड, लत्ताकपडा, मोबाइल, इलेक्ट्रिकल सामान बोकेर रेल शुक्रबार चीनको ग्वान्जाओबाट चिव्बतको ग्याइरोङतर्फ छुटेको चिनिँया समाचार संस्था सिन्ह्वाले जनाएको छ।सिन्ह्वाका अनुसार २८ लाख अमेरिकी डलर बराबरको सामान बोकेर रेल ग्वान्जाओवाट ५ हजार २ सय ७० किलोमिटर दूरीमा पर्ने ग्याइरोङतर्फ लागेको हो।ती सामान ट्रकबाट ग्याइरोङदेखि ८७० किलोमिटरमा रहेको काठमाडौं ल्याइनेछ।उता रक्सोलस्थित भारतीय कस्टम कार्यालयनजिकै स्थानीयले आइतबार बिहानैदेखि धर्ना दिएपछि रेल्वेमार्फत नेपाल आउने सामान रोकिएका छन्।धर्नाले नेपालका लागि लदैनिक डेढ सयभन्दा बढी गाडीमा आउने औद्योगिक कच्चा पदार्थ रोकिएपछि आयातकर्ता चिन्तित बनोका छन् ।वीरगन्जसँग जोडिएको यस नाकामा स्थानीय र भारतीय रेल्वेबीच जारी प्रदूषणसम्बन्धी विवादको चपेटामा नेपाली आयात परेको हो ।
Subscribe to:
Post Comments
(
Atom
)

No comments
Post a Comment