अमेरिकाले सन् २०१६ मा २५ जना नेपालीलार्इ देश निकाला गरेर गत वर्षभन्दा दुर्इजना बढी नेपालीलार्इ देश निकाला गरेकाे छ । अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले जारी गरेकाे एक प्रतिवेदनअनुसार उनीहरूमध्ये धेरैजसाे मेक्सिकोबाट गैरकानुनी रुपमा अमेरि
प्रतिवेदनअनुसार सन् २०१५ मा यसरी नै अमेरिका छिर्न प्रयास गर्ने २३ जना नेपाली डिपाेर्टसनमा परेका थिए । नेपालमा गएको भूकम्पपछि नेपालले प्राप्त गरेकाे टीपीएसका कारण कैयन नेपाली देशनिकाला हुनबाट बचेका थिए
प्रतिवेदनका अनुसार सन् २०१६ मा अमेरिकाले विश्वका १८५ राष्ट्रका दुर्इ लाख ४० हजार २५५ जनालाई अमेरिकाबाट देशनिकाला गरेकाे थियाे । अमेरिकाबाट देशनिकालामा पर्नेमा नेपालीहरु ६६ औं नम्बरमा छन् । गतबर्ष नेपालीहरु ७४ औं नम्बरमा रहेका थिए ।

No comments
Post a Comment