Latest News

Friday, January 6, 2017

‘के जमाना आ’ का निर्देशक पुडासैनीको कर्तुत पर्दाफास

सुजन पन्त
काठमाडौं । हास्यटेलिश्रृंखला ‘के जमाना आ’ का निर्देशक सिपी पुडासैनी धतुरेले पछिल्लो समय आफ्नो हैसियत देखाउँदै आएका छन् । उनले सिरियलमा देखिएका सबैसँग पैसा माग्दै आएका हुन् ।
पुडासैनी भद्रगोलमा समेत काम गरिसकेका कलाकार हुन् । भद्रगोल टिममा पनि आफ्नो हैसियत देखाएपछि भद्रगोलबाट उनी पन्छिएका थिए ।
भद्रगोलबाट पन्छिएपछि पुडासैनीले आफैँ सिरियल ल्याउन लागि परे । ल्याए पनि । तर, अहिले उनको सिरियलले जति फड्को मानुपर्ने थियो त्यति मार्न सकेको छैन् ।
यस्तो हुनुको पछाडी पुडासैनी आफैँले गर्दा हो । सिरियल आफ्नै जस्तो सोच्ने र सिरियलमा खेलेका सबै मान्छेसँग पैसा माग्दै हिँड्ने गरेको कारण माथि आउन नसकेको सिरियलमा काम गरिसकेका प्रवेश दाहाल बताउँछन् ।
उनले छोटो समयमै दर्जनभन्दा बढी कलाकार राख्दै निकाल्ने गरेका छन् । सिरियलमा काम गरेका व्यक्तिहरुसँग खेल्ने हो भने पैसा हाल भन्ने गरेको पाइएको छ ।
पुडासैनीले सिरियलमा काम गरेकाहरुसँग पैसा असुल गर्ने र नदिए सिरियलबाटै हटाइदिने गरेको सिरियलका व्यवस्थापक तथा ‘साइको टक्क’ थेगो प्रयोग गर्ने विकासराज पाण्डे बताउँछन् ।
उनी भन्छन्, ‘सिरियलमा एक भागको पैसा हाल, होइन भने निस्कि भन्दै २ चोटीसम्म मलाई राख्ने हटाउने गरे ।’
त्यस्तै सिरियलमा प्रहरी बनेर खेलेका प्रवेश दाहालसँग पनि पुडासैनीले पाँच लाख हालदिन आग्रह गरेका थिए । तर, उनले पैसा नदिएपछि उनलाई पनि दुई पटकसम्म राख्ने हटाउने काम गरे ।
सिरियल आएको महिना दिनमै यस्तै विवादका कारण केही हप्ता सिरियल बन्द भएको थियो । पछि विभिन्न व्यक्तिहरुलाई बोलाएर पुडासैनीले सिरियल प्रसारणमा ल्याएका थिए ।

No comments

Post a Comment