मिरा थापा (आइभिएफ असिस्टेन्ट) उमेर ढल्केपछि विवाह गर्ने, स्वस्थ खानपिनमा ध्यान नदिने, जोखिमयुक्त काम धेरै गर्नेजस्ता कारण पछिल्लो समय बाँझोपनको समस्या बढ्दै गएको पाइन्छ । जोखिमयुक्त काम गर्दा पुरुषको वीर्य सुक्दै जाने र बच्चा बन्न योग्य नहुने हुन्छ । यस्ता समस्याले धेरैलाई टेस्टट्युब बेबीको सहायता लिनुपर्ने बनाएको छ । टेस्टट्युब बेबी भन्नेबित्तिकै धेरैलाई अरूको वीर्य प्रयोग गरेर गर्भधारण हुन्छ भन्ने भ्रम पनि परेको छ । यथार्थमा एकदम फरक छ । टेस्टट्युब बेबीसम्बन्धी भ्रम र यथार्थबारे आइभिएफ असिस्टेन्ट मिरा थापा यसो भन्छिन्ः
महिला महिनावारी भएको समयमा प्रजननका लागि आवश्यक अन्डा उत्पादन हुन्छ । यस्तो वेलामा कुनै महिलाको अन्डा उत्पादन नहुन पनि सक्छ । यदि यस्तो भएमा सो महिला बच्चा जन्माउन योग्य हुँदिनन् ।
दम्पतीलाई बच्चाको आवश्यकता हुन्छ । तर, सो आवश्यकता परिपूर्ति गर्न योग्य नहुँदा अर्को महिलाबाट अन्डा सापटी लिने गरिन्छ ।
नेपालका अधिकांश मानिस विदेशमा गएर रोजगारी गरिरहेका हुन्छन् । अझ सुरक्षामा लागेका, खाना पकाउने काममा लागेकामा बच्चा नहुने समस्या बढी भएको पाइन्छ । जोखिम र तनावपूर्ण कार्यले गर्दा पुरुषको वीर्य कम हुन जान्छ ।
एउटा पुरुष बच्चा जन्माउन योग्य हुन उसमा ४० देखि ६० मिलियन वीर्य अनिवार्य हुनुपर्छ । यस्तोमा जोखिमपूर्ण काम र अस्वस्थ खानपानले वीर्य सुक्दै गएको हुन सक्छ ।
पछिल्ला दिनमा बजारमा आएका रसायनयुक्त खानपानले मानिसको स्वास्थ्यमा असर परेको छ ।
यसले पनि पुरुषको वीर्य उत्पादन कम हुन गई बच्चा जन्माउन योग्य नहुने अवस्थामा पुगेको देखिन्छ । यस्तो अवस्थामा बच्चाका लागि टेस्टट्युब बेबी उपयुक्त हुन्छ ।
टेस्टट्युब बेबीमा अर्काको भ्रूण प्रयोग हुन्छ भन्ने हल्ला चलेको पाइन्छ । यो गलत हो । १० देखि १५ मिलियन वीर्य भए पनि त्यसबाट टेस्टट्युब बेबी सम्भव छ ।
पुरुषको वीर्य थोरै भए पनि इक्सी भन्ने मेसिनमा राखेर वृद्धि गरिन्छ । त्यसपछि सो वीर्य बच्चा हुनका लागि योग्य बन्नेछ । १ प्वाइन्ट भए पनि मेसिनमार्फत वृद्धि गराइन्छ । तर, महिलाको हकमा भने अन्डा सापटी लिनैपर्छ ।
यदि पुरुषको वीर्य १ प्वाइन्टभन्दा कम छ भने त्यस्तो अवस्थामा मेसिनले पनि वृद्धि गराउन सक्ने अवस्था हुँदैन । यस्तो अवस्था आएमा श्रीमान् र श्रीमतीको सहमतिमा डोनरको वीर्य महिलाको पाठेघरमा पठाउने गरिन्छ ।
महिलाको अन्डा निकालिन्छ, त्यसैगरी पुरुषको वीर्य पनि निकालेर मेसिनमा राखिन्छ । त्यसबाट इन्ग्रोमा पठाइन्छ । ४८ घन्टामा दुवैको मिलन हुन्छ । मिलन भएपछि त्यसलाई चिकित्सकले निकालेर सुईका माध्यमबाट महिलाको पाठेघरमा राख्ने गर्छन् ।
पाठेघरमा हेरेर बच्चा राख्ने स्थान भने अल्ट्रासाउन्ड मेसिनले पहिल्याइन्छ । त्यसको १४ दिनपछि बच्चा रहेको छ कि छैन भनेर परीक्षण गरिन्छ ।
-गर्भ रहेको–नरहेकोबारे १४ दिनपछि सम्बन्धित महिलाको रगत र पिसाबबाट परीक्षणबाट गरिन्छ । त्यसको पुनः १५ दिनमा बोलाउने र बच्चा बसेको अवस्थामा मुटुको धड्कन परीक्षण गरिन्छ । सबैभन्दा पहिला मुटुबाट बच्चा बन्न सुरु गर्ने भएकाले मुटु चलेको पत्तो लागेको अवस्थामा नर्मल प्रक्रियामा जान्छ ।-नयाँ पत्रिकाबाट

No comments
Post a Comment