गजेन्द्र बोहरा अन्नपूर्ण पोस्ट
नेपालगन्जः सामान्य घर झगडामा एक व्यक्तिले श्रीमतीलाई ज्यूँदै आगो लगाइदिएका छन् ।
नेपालगन्ज १२ खट्कनपुरुवाका २६ वर्षे राजेन्द्र खटिकले श्रीमती अमिसा खटिकलाई मट्टितेल खन्याएर आगो लगाइदिएका हुन् २२ वर्षीया श्रीमती खटिकको शरीर पूरै जलेको छ । प्रहरी कार्यालय नेपालगन्जका अनुसार उनको छाती, मुख, हात धेरै जलेको छ । त्यस्तै घाँटी पनि धेरै भित्रैसम्म जलेको छ ।
बिहीबार राति घर झगडा भएपछि राजेन्द्रले बलिरहेको टुकीको मट्टीतेल खन्याएर श्रीमतिको शरीरमा आगो लगाइदिएका थिए । अमिसाको अहिले भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । आगो लगाइदिएपछि राजेन्द्र फरार छन् ।केही वर्ष विदेशमा बसेर आएका राजेन्द्र र उनकी श्रीमतीबीच लामो समयदेखि झगडा हुँदै आएको थियो । उनको डेढ वर्षीया छोरी पनि छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

No comments
Post a Comment