Latest News

Monday, January 16, 2017

टर्किस एयरलाइन्सको विमान दुर्घटना, ३२ को मृत्यु

रासस/एएफपी 
किर्गिजस्तानः किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार टर्किस एयरलाइन्सको विमान दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको भएको छ ।
दुर्घटनामा चालक दलका चार सदस्यको पनि मृत्यु भएको छ । अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो। 
विमान स्थानीय समय अनुसार बिहान साढे ७ बजे डाचा–सु गाउँमा दुर्घटनामा परेको किर्गिजस्तानका आपत्कालीन सेवा मन्त्रालयका एक प्रवक्ताले बताएका छन्। मृत्यु हुनेमा प्रायः सोही गाउँका वासिन्दा भएको बताइएको छ। टर्किस एयरलाइन्सको उक्त विमान हङकङबाट किर्गिजस्तानको राजधानी बिस्केक हुँदै इस्तानबुृलतर्फ उडेको थियो।
दुर्घटनामा १५ घर क्षतिग्रस्त भएको आपत्कालीन सेवा मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले दुर्घटनाका कारण आगो लागेको जानकारी दिएको छ ।
मुलुकको मानस विमानस्थल बन्द गरिएको र साँझसम्मका लागि उडान रद्द गरिएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।

No comments

Post a Comment