ललितपुरः आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेडले घाँटी काटी हत्या गरेकी छिन् ।
सिन्धुपाल्चोक जिल्लाको इर्खु गाविस घर भएकी करिव १८ वर्षकी अनिषा तामाङले समाजबाट लुकाउनका एक हप्ता अघि शिशुको हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । केही समयदेखि उनी दिदी भिनाजुसंगै बस्दै आएकी थिइन।अनिषाको नातामा दाजुपर्ने कृष्णबहादुर तामाङलाई पनि सो घटनामा सहयोग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।दुबै जनाले प्रहरीसमक्ष अभियोग स्वीकार गरिसकेका चाँपागाउँस्थित महानगरीय प्रहरीवृतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । रासस

No comments
Post a Comment