Latest News

Monday, January 23, 2017

छोरा भेटेर अमेरिकाबाट नेपाल फर्कदै गरेकी एक नेपाली महिलाको विमानमै मृत्यु

काठमाडौँ- छोरा भेटेर अमेरिकाबाट नेपाल उडेकी एक नेपाली आमाको विमानमै मृत्यु भएको छ ।
अमेरिकाको वासिङ्गटन डिसीको डलस विमानस्थलबाट कतार एयरवेज जहाजको उडान सङ्ख्या क्यू
आर ०७०८ बाट कतारको दोहा हुँदै नेपाल फर्कन लागेको अवस्थामा ७९ वर्षिया देवन्ती विश्वकर्माको विमानमै मृत्यु भएको बताइएको छ ।
बिमानमै देवन्तीलाई अप्ठयारो भएपछि प्राथमिक उपचार गरेर दोहामा अवतरणपछि उनको आपतकालीन उद्धार गरिएको थियो। १४ घण्टा लामो उडान पछि दोहा उत्रिए लगतै बहोस भएपछि उनको होस खुलेको थिएन् लगत्तै उनलाई मृत घोषणा गरिएको थियो । छोरा र नातिनातिना भेट्न केही महिना अघि अमेरिका पुगेकी देवन्तीको अमेरिका हुँदा स्वास्थ्यमा कुनै समस्या नभएको बताइएको छ ।

No comments

Post a Comment