Latest News

Sunday, April 16, 2017

भाइरल भयो यी भिकारीको तस्बिरः जमिनभरी पैसा फिँजाएर यसरी गन्छन् आफ्नो दैनिक आम्दानी

एजेन्सी,बैशाख २ – आजकाल सोसल मिडियामा एक भिकारीको फोटो भाइरल भइरहेको छ । फोटोमा यी व्यक्ति भुइँमा बसेर पैसाको चाङ गनिरहेको देख्न सकिन्छ । यी भिकारी चीनको राजधानी बेइजिङको सडकमा घुमेर दिनभरी भिक माग्ने गरेको बताइएको छ । उनको महिनाभरीको कमाई १ लाख ७६ हजार हुने बताइएको छ । उनले हरेक महिना पैसालाई पोष्ट अफिसमा जम्मा गर्ने गर्दछन् ।

– बोरामा पैसा भरेर ल्याउँछन् यी व्यक्ति

हरेक महिना यी व्यक्ति बेइजिङको पोष्ट अफिसमा गएर सबै पैसा जम्मा गर्ने गर्दछन् ।

– पोष्ट अफिसमा नै कसैले उनको फोटो खिचेर सोसल मिडियामा हालेपछि उक्त फोटो भाइरल भएको हो ।

अहिलेसम्म ती व्यक्तिको नाम सार्वजनिक भएको छैन । उनलाई हरेक दिन बेइजिङको सडकमा घुमिरहेको देख्न सकिन्छ ।

मागेरै भए यति धनीः

– उनले बेइजिङमा  नै दुई तल्ले घर बनाएको कुरा सार्वजनिक भएको छ ।

– यतिमात्र होइन, उनका तीन सन्तान चीनको चर्चित कलेजमा पढ्ने गर्दछन् ।

– परिवारमा उनी एक्लो कमाई गर्ने व्यक्ति हुन् ।

पैसा गनेबापत् दिन्छन् टिप्सः

– पोष्ट अफिसमा पैसा गन्न धेरै समय लाग्छ । जसका कारण उनी अरुसँग पैसा गन्नका लागि मद्दत माग्छन् र काम सिद्धिएपछि १ सय ६० रुपैयाँ टिप्स पनि दिन्छन् ।

rato pati bata

No comments

Post a Comment