Latest News

Wednesday, May 10, 2017

बुद्ध जयन्तीको दिन लहानमा बन्यो रगतको आहाल

सिरहा, बैशाख २७ – आज अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्ती । तर, आजकै दिन सिरहाको लहान नपा १५ स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिइएको छ । 
प्रत्येक बर्ष उभौलि पुर्णिमा अर्थात बुद्ध जयन्तीका दिन राजदेवीमा मेला लाग्ने गरेको छ । मेलामा हजारौ भक्तजनहरु आफ्नो मनोकाक्षा पुरा हुने विश्वासमा बोकाको बलि चढाउने गर्दछन् । यो बर्षमात्रै करिव २० हजारको हाराहारीमा बलि दिइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिर व्यवसथापन समितिका अध्यक्ष अगमलाल चौधरीका अनुसार बर्षेनी बलि चढाउनेको संख्या बढ्दै गएको छ ।
बर्षेनी भक्तजनको संख्या बढ्दै गएपछि सोहि अनुपातमा बलि पुर्जिको रकम,सुनचाँन्दी र चढाएको नगद पनि बढदै गएको बताइन्छ । अघिल्लो वर्ष मात्रै यो मेलामा १७ लाख भन्दा बढी आम्दानी भएको सरोकारवालाहरुले बताएका छन् ।राजदेवी मनिदरमा बलि चढाउन नेपालका सप्तरी सिराहा, महोत्तरीबाहेक भारतको विहार सम्मबाट समेत मानिसहरु आउने गरेका छन् ।श्रोत रातोपाटी

No comments

Post a Comment