Latest News

Sunday, May 14, 2017

थाहापाउनुहोस् ! यी बानीका कारण घट्छ पुरुषमा प्रजनन क्षमता

एजेन्सी । पुरुषहरुको आनीबानीहरुले उनीहरुमा शुक्रकिटको संख्या र गुणस्तरमा गिरावट ल्याईरहेको हुन्छ । करिब ८० प्रतिशत पुरुषहरुलाई आफ्ना ती खराब बानीहरुले आफूलाई बाँझो बनाइरहेको छ भन्ने कुराको पत्तो नहुनु गम्भिर कुरा छ । पुरुषमा प्रजनन क्षमता घटाउने आनीबानी यस्ता छन् :

१· धेरै कफी पिउनु

धेरै मात्रामा कफी पिउँदा त्यसमा हुने क्याफाइनले स्ट्रेस हर्मोनको मात्रा बढाउँदछ । जुन शुक्रकिटका लागि हानिकारक हुन्छ ।

२· कसिला कपडा लगाउनु

दिनहुँ कसिला पेन्टी तथा पेन्ट लगाउनाले अण्डकोष थैलीको तापक्रम बढ्छ । जसका कारण शुक्रकिटको संख्या घट्न थाल्दछ ।

३· नियमित धुम्रपान तथा मधपानन गर्नु

नियमित धुम्रपान तथा मधपान गर्नाले शरीरमा स्ट्रेस हर्मोनको मात्रा बढ्दछ । यसले पुरुषमा शुक्रकिटको संख्यामा गिरावट ल्याउँछ ।

४· भटमासका परिकार धेरै खानु

भोजनमा धेरै मात्रामा सोया प्रडक्ट सामेल गर्नु हानिकारक हुन्छ । भटमासमा हुने आयसोफ्लेवोन नामक पदार्थले शुक्रकिटको संख्या घटाउँछ यसकारण बाँझो समस्या आउन सक्छ ।

५· काखमा ल्यापटप राखेर काम गर्नाले

नियमित रुपमा ल्यापटपलाई काखमा राखेर लामो समयसम्म काम गर्ने आदत निकै खराब हो । यसबाट ल्यापटपको ताप अण्डकोष थैलीसम्म पुग्दछ । जसले शुक्रकिटको संख्या घटाइदिन्छ ।

६· निद्रा नपुग्नु

नियमित रुपमा दिनहुँ कम्तिमा ७ घण्टाको निद्रा नपुग्नाले शरीरमा तनाव बढाउनेवाला हर्मोनको मात्रा बढ्छ । यसले शरीरमा रक्तप्रवाह बिगन्छ र शुक्रकिटको संख्यामा गिरावट आउँछ ।

७· तनावमा रहनु

लगातार तनावमा रहनाले शरीरमा हर्मोनको असन्तुलन पैदा हुन्छ । साथै यसले रक्तप्रवाह पनि बिगार्दछ । जसकारण शुक्रकिटको संख्या घट्दछ ।

No comments

Post a Comment