Latest News

Saturday, May 13, 2017

एनसेलमा अब फेसबुक निसुल्क चलाउन पाइने

काठमाडौं—निजी क्षेत्रको टेलिकम सेवाप्रदायक कम्पनी एनसेलबाट फेसबुक चलाउनेहरु राहात पाउने भएका छन्। एनसेलको नेटवर्कमा आज राति १२ बजेदेखि फेसबुक निःशुल्क हुँदैछ।

इन्टरनेट फर अल नाराका साथ एनसेलले फेसबुकसँगको साझेदारीमा तीन महिनाका लागि यस्तो योजना ल्याएको कम्पनीका सिइअाे सिमोन पार्किन्सले जानकारी दिए। यो योजना ९० दिनका लागि हुने उनले जानकारी दिए।
फेसबुक फ्रि अफर अन्तर्गत एनसेल प्रयोगकर्ताले फोटो अपलोड, सेयर, कमेन्ट रिप्लाई, लाइक गर्न पैसा तिर्नुपर्ने छैन। फेसबुक केन्द्रित एनसेलका अन्य प्याकेजहरु कायमै रहेको कम्पनीले जनाएको छ

No comments

Post a Comment