Latest News

Wednesday, May 10, 2017

पुर्वमाओवादी लडाकुको शरिरमा गोलीको छर्रा अझै बाँकि

रोल्पा थवाङका ३२ बर्षिय पुर्वमाओवादी लडाकु पुर्णबहादुरको पार्टीका नाम सिस्ने हिमाल हो ।माओवादीको विधार्थी संगठनमा काम गर्दागर्दै २०६२ सालमा जनसेनामा आएकी नुवाकोट, मुद्रुटारकी निर्मला सिटौलांग उनको विहे भयो शक्तिखोर क्यान्टोन्मेन्टमा । २०६८ चैतमा दुवैले स्वैच्छिक अवकास लिएपछि पदमपुर ९६ विघामा घर बनाएर पसल सुरु गरे ।
यो दम्पतिको स्थानीय चुनावको उम्मेदवारी त छैन तर पालैपालो पार्टिका उम्मेदवारको प्रचारमा भने जान्छन् । २०५२ देखी जनयुद्धमा सहभाागी पुर्णबहादुरका शरीरमा युद्धमा लागेको छर्रा अझै बाँकि छन् । २०५९ भदौमा रोल्पाको थवाङमा लागेको गोली अझै तिघ्रामै छ ।
कृष्णभिरले चिउँडोमा एउटा छर्रा रोपेको छ भने नवलपरासीको चौरको भिडन्तमा पाईतालामा लागेका दुईवटा गोली निकाले पनि अझै छर्रा बाँकी छन् ।कान्तिपुरमा खबर छ ।

No comments

Post a Comment