Latest News

Sunday, February 26, 2017

काठमाडौं । ‘तीतो सत्य’मा दीपकराज गिरीकी श्रीमतीको भूमिकामा देखिने चर्चित कलाकार दीपाश्री निरौलालाई सधैंजसो एउटै प्रश्नले पछ्याउन छाडेको छैन- विवाह कहिले गर्ने ?
रेडियो नेपालकी चर्चित धनियाँदेखि चलचित्रकी नायिकासम्म बनिसक्दा दीपाको पछिल्लो पहिचान थपिएको छ – फिल्म निर्माता । उनको लगानीमा बनेको ‘छ एकान छ’ ले दर्शकको माया र व्यवसायिक सफलता हात पारिसकेको छ । यद्यपि उनलाई विवाहको प्रश्नले लखेट्न छाडेको छैन । दीपाले आफ्नो सफलता, व्यवसाय र विवाहका बारेमा मनको रहस्य यसरी खोलिन् :
प्रेम र विवाह
मेरो जीवनमा धेरै युवा आए । तर, कोहीसँग पनि मेरो विवाह हुन सकेन । अहिले पनि रगतले कोरिएका प्रेमपत्रहरु आउँछन् ।
मेरो प्रेमलाई संख्यामा लैजान चाहन्न । जुनबेला मेरो जीवनमा मानिसहरु आए, म कलाको आशक्ति थिएँ । यो क्षेत्र नै छोड्नुपर्छ भन्नेहरु पनि धेरै आए, जसलाई मैले अपनाउन सकिँन ।
म एउटा घरमा गएपछि कसैकी बुहारी, कसैकी आमा बन्छु । मैले श्रीमानको मात्र होइन, सासू ससुरा सबैको दायरालाई काट्न मिल्दैन । मैले बिहेपछि कलामा दिएको आशक्ति पाउनै सक्दिँन ।
कुनै केटाको घर सम्हाल्न जानुछ भने मैले पनि सोच्नुपर्छ नि त्यो परिवारको विषयमा ।
जीवनमा एसएलसी दिने समयमा म पहिलोपटक प्रेममा चुर्लुम्म डुबेकी थिएँ । करिब ९ वर्ष हामी प्रेममा डुब्यांै । त्यतिबेला कसैले हेर्दा पनि माया गरेको आभाष हुन्थ्यो ।
म एसएलसीको तयारीका लागि घर नजिकै एक विद्धानसँग पढ्न जान्थें । एकदिन उहाँले मेरो कपीमा प्रेमपत्र छाडिदिनुभएछ । घरमा आमाले भेट्टाएर खुबै पिट्नुभयो । पछि आमालाई देखाउनैका लागि हामी ‘डेट’मा रमायौं ।
छठमा घुम्न जाने, प्रेममा मस्त हुने भइयो । हामीले बिहे नै गर्ने योजना पनि बनाएका थियांै, तर खै, भाग्यले दिएन । भगवानले साइत नजुराएपछि यस्तै हुँदो रहेछ ।
मलाई अहिले कुरा गर्दै जाँदा मेरो पहिलो प्रेमको याद आइरहेको छ । त्यही व्यक्तिको तस्वीर झल्झली याद आउँछ ।
म अहिले पनि एकजना व्यक्तिको प्रेममा छु । धेरै वर्ष भयो, हामीले एक अर्कालाई माया गर्न थालेको । एक अर्कालाई हामी धेरै नै केयर र माया गछौर्ं । विवाह गर्ने कुरा पनि खुबै आउँछन् । तर, खै साइत नजुरेपछि यस्तै हुँदोरहेछ ।
मेरो जीवनमा बिहे नलेखेको हो कि जस्तो पनि लाग्छ । फेरि म विवाहलाई महत्व दिने मानिस पनि होइन ।
मैले कहिले भनें ‘भर्जिन छु’ ?
जहाँसम्म मैले भर्जिन भनेको कुरा छ, मलाई थाहा छैन, मैले त्यो कहिले भनें । फेरि भनेकै रहेंछु भने पनि त्यो मेरो नितान्त व्यक्तिगत कुरा हो ।
पहिला-पहिला नायिकाहरुलाई निक्कै उत्ताउला प्रश्न सोध्ने चलन थियो । तर, अहिले यो कम भएको छ । यदि मिडियामा त्यस्तो जवाफ मैले दिएको हो भनेर आएको छ भने मैले हेर्नुपर्छ । म ‘सेक्स’को विषयलाई नितान्त व्यक्तिगत रुपमा राख्न चाहन्छु ।source:hamro sandesh
नयाँ दिल्ली (भारत), १५ फागुन - भारतको उत्तरपूर्वी राज्य मेघालयमा उच्चगतिमा सडकमा गुडिरहेको ट्रक आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
मेघालयको राजधानी सिलोङबाट करिब ९५ किलोमिटर पश्चिममा अवस्थित पश्चिम खासी जिल्लाको नोङस्टोन नजिकै भएको उक्त घटना क्रिश्चियन समुदायका धर्मावलम्बीहरु एक धार्मिक कार्यक्रमका लागि चर्चमा जाने क्रममा भएको बताइएको छ ।प्रहरी अधिकृत विजय क्षेत्रीका अनुसार क्षमताभन्दा बढी मानिस बोकेको उक्त ट्रक गति नियन्त्रण बाहिर पुगेपछि सडक छेउमा सिमेन्टको रेलिङमा ठोक्किई सडकमा लडेको थियो ।
क्षेत्रीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र ६२ जना घाइते अवस्थामा अस्पतालमा उपचारका लागि पठाइएको पुष्टि गरे ।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ट्रक चालकको लापरवाहीका कारण दुर्घटना हुन पुगेको जनाएको छ भारतीय यातायात मन्त्रालयले सन् २०१५ मा सार्वजनिक गरेको तथ्याङ्कमा सो वर्ष एक लाख ४६ हजार १३२ मानिसले सडक दुर्घटनाका कारण ज्यान गुमाएका थिए ।सन् २०१५ मा पाँच लाख एक हजार दुर्घटना भएको र झन्डै पाँच लाख मानिस घाइतेसमेत बनेका थिए । रासस/सिन्ह्वा





काठमाडौं – अभिनयमा टिक्न र बिक्न नसक्ने कलाकारको पहिलो रोजाइको पेसा रेष्टुरेन्ट ब्यवसाय रहने गरेको छ । यस्तैमा एक से एक हट दृश्य दिँदा पनि बिक्न नसकेकी अभिनेत्री अर्चना पनेरुले पनि रेष्टुरेन्ट ब्यवसाय थालेकी छन् ।उनले काठमाडौको नयाँ बसपार्कमा ‘मुन वाकर बार एण्ड क्लब’ संचालनमा ल्याएकी हुन् । केही युवासँगको सहकार्यमा उनले सो रेष्टुरेन्ट ब्यवसाय थालेको बुझिएको छ ।
केही दिन अगाडि संचालनमा ल्याएको उक्त रेष्टुरेन्ट उनी आफैले तताउने गरेकी छन् । रेष्टुरेन्टमा आउने दर्शकको फर्माइस् अनुसार उनले नृत्य देखाउँछिन् ।
फर्माइसको नृत्य पाउँदा बारमा आउने ग्राहकले हुस्की र बियरको चुस्कीसँर्गै उनी तिर पैसा
का बिटा उठाउने गर्दछन् । सिक्पल पहिरन बाट नृत्य सुरु गर्ने अर्चानले रात छिपिदै गएपछि आफूलाई कामुक रुपमा प्रस्तुत गर्ने गरेको एक ग्राहकले बताए ।
केही म्युजिक भिडियो र दुई चलचित्र अभिनय गरेकी अभिनेत्री अर्चनाले यस अगाडि राम्रो पारिश्रमिक लिएर नयाँ बसपार्कमा मै रहेको उर्वसी डान्स बार तताउदै आएकी थिइन् ।
सो बार छोडेर उनले आफ्नै रेष्टुरेन्ट संचालनमा ल्याएकी हुन् । उनको बारमा उनकी आमा पनि देखिने गरेकी छन् ।रेष्टुरेन्टमा उनी लगायत करिव आधा दर्जन युवतीले डान्स गर्ने गरेका छन् । नयाँ बसपार्कको अन्य रेष्टुरेन्टको तुलनामा उनको रेष्टुरेन्टमा दर्शकको भिड लाग्ने गरेको छ ।
पोर्नस्टार बन्छु भन्दै आफ्नो नाङ्गा र उत्तेजक तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेपछि पहिलो पटक चर्चामा छाएकी अर्चना महेन्द्रनगरमा आयोजित प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगितामा सेकेन्ड रनर्सअप समेत भएकी थिइन् । नग्न तस्बिर सार्वजनिक भएपछि मिडियाका लागि हटकेक भएकी उनलाई प्रहरीले अश्लिलता फैलाएको आरोपमा कयौपटक उनलाई पक्राउ समेत गर्यो ।
अश्लिलता फैल्याएको आरोपका कारण गाउँ नै छोड्न बाध्य काठमाडौं छिरेकी उनी केही निर्देशकको तानातानमा समेत परिन् । थुपै्र चलचित्र अफर पाएकी उनले ‘जिस्म’ र ‘छेस्को’ अभिनय गरेकी छन् । चलचित्र अभिनयमा भरपुर हट दृश्य दिदा सफलता हात पर्न नसकपछि उनी रेष्टुरेन्ट तिर लागेकी हुन् ।