३ पुस, सिन्धुली –
काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको जीप आइतबार सुनकोसी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ बा १२ च ८८ ९७ नम्बरको जीप सिन्धुलीको रत्नावती- ३, सुखुखोलानजिक मध्यपहाडी राजमार्गबाट सुनकोसी नदीमा खस्दा ६ को मृत्यु भएको हो । दुई जना घाइते भएका छन् भने एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।दुई गम्भीर घाइते महिलालाई उपचारका लागि उदयपुरको घुर्मीमा लगिएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा सिन्धुलाल्चोकको फुल्टिङ–६ का साङदोर्जे शेर्पा, बाले शेर्पा, नेवुटी शेर्पा, सर्किनी शेर्पा र जिप चालक लमजुङका झपडबहादुर गुरुङ छन् ।प्रहरीका अनुसार जीप अनियन्त्रित भर्इ नदीमा खसेको हो । अहिले उद्धार कार्य चलिरहेको छ ।
No comments
Post a Comment