Latest News

Wednesday, December 14, 2016

नयाँबस्ती घटनाः लामाको हत्या भएको खुलासा, यसो भन्छ प्रहरी

काठमाडौं, मंसिर २९ । काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा अत्याधिक मदिरा सेवन गरी मुत्यु भएको भनिएका ट्याक्सीचालक राजकुमार लामाको हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।प्रहरीको अपराध अनुसन्धान महाशाखाले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएको भन्दै माया तामाङ, संगीता राई (थिङ), मागधन राई, अरुण माझी र दिया माझीलाई सार्वजनिक गरेको छ ।दोलखा घर भएका राजकुमार लामा बौद्धमा बस्दै आएका थिए । प्रहरीले गरेको अनुसन्धानअनुसार मृत्यु भएको दिन राजकुमार लामाले संगीता लामाले सन्चालन गरेको हेलम्बु रेस्टुरेन्टमा बसेर मदिरा सेवन गरेका थिए ।त्यसपछि लामा माया तामाङलाई लिएर दोहोरीसाँझ जान भनेर हिँडेका थिए तर ट्याक्सी खाल्टोमा फसेपछि उनीहरु पुन हेलम्बु रेस्टुरेन्टमै फर्किएका थिए ।रेस्टुरेन्टमा फर्केपश्चात माया तामाङ र राजकुमार लामाबीच यौनसम्पर्कसमेत भएको थियो ।
त्यसपछि उनीहरुबीच झगडा सुरु भएको र संगीताका भाइ मागधन राईले इँटाले राजकुमारको टाउकोमा हानेपछि उनी ढलेको प्रहरीले जनाएको छ ।लगत्तै अस्पताल पुर्‍याइएका लामालाई त्यतिखेरै मृत घोषणा गरिएको थियो ।स्थानीयवासिन्दाले भने प्रहरीले लामाको हत्या गरेको भन्दै प्रदर्शन र प्रहरीचौकीमा आगजनीसमेत गरेका थिए ।

No comments

Post a Comment