Latest News

Tuesday, January 17, 2017

तीन प्रहरीको हत्या अभियोगमा तीनजनालाई मृत्युदण्ड

बहराइन, माघ २ । बहराइनमा तीनजना प्रहरी अधिकृतको हत्या गरेको अभियोगमा तीनजना शिया समुदायका व्यक्तिलाई मृत्युदण्ड दिइएको छ ।
सन् २०१४ को अप्रिलमा गराइएको बम आक्रमणमा दोषी पाइएका उनीहरुलाई गोली हानी मृत्युदण्ड दिइएको अधिकारीहरुले जनाएका छन् ।बहराइनमा राजनीतिक अधिकारको माग गर्दै शिया समुदायले शुरु गरेको सन् २०११ को क्रान्ति पछि यो पहिलो मृत्युदण्ड हो ।सुन्नी शासित बहराइनमा केही वर्ष यता शिया आलोचकहरु विरुद्ध दमन गरिएको समाचार प्रकाशमा आएको थियो । (एजेन्सी)

No comments

Post a Comment