काठमाडौं, ४ माघ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मदिरा पिएको जस्तो देखिने’ तस्बिर भाइरल बनेको छ ।
विश्व उर्जा सम्मेलनमा भाग लिन केहीदिन अघि युएइ पुगेका प्रधानमन्त्रीको तस्बिर विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा शेयर गरेका छन् । तर, यो तस्बिरको वास्तविकता भने अर्कै छ । यहाँ प्रयोग गरिएको तस्बिर एनिमेटेड हो अर्थात फोटोसपबाट बनाइएको तस्बिर हो ।
तस्बिरको बीच भागमा फोटोसपबाट ल्याइएको एउटा फूल जस्तो गोलाकार टुल्स छ । यता प्रधानमन्त्रीको कम्मर मर्काउनको लागि फोटोसप प्रयोगकर्ताले टुल्स विभिन्न टुल्स प्रयोग गरेका छन् ।
यता देब्रे खुट्टा भन्दा दाहिने खुट्टा सानो देखिएको छ । यो पनि फोटोसपकै कमाल हो । तर, यस्तो नक्कली फोटोसपलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले व्यापक शेयर गर्न थालेका छन् । आफ्नो देशको प्रधानमन्त्रीको चरित्र हत्या हुँदा राज्य संयन्त्र भने मौन छ ।
के हो वास्तविकता ?
यही भिडियाेलार्इ क्रप गरिएकाे थियाे । यहाँ तपाइंले प्रचण्डले मदिराले मदिरा पिएकाे देख्नु भएकाे छ ?
उर्जा सम्मेलन स्थलमा सहभागीहरुले प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्मासँग तस्बिर खिचाउन खोज्छन् । सोही समयमा त्यहाँ स्थित राजदूतले प्रधानमन्त्री प्रचण्डलाई फोटो खिचाउन इसारा गर्छन् सोही इसारालाई पछ्याउँदै उनी फोटो खिच्न तम्सिन्छन् ।
ठीक त्यति नै बेला उनी हिँडेको पोजिसनलाई क्रप गरेर फोटोसपका आधारमा यो तस्बिरलाई बाहिर ल्याइएको छ ।तर, सोही तस्बिरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले भने ‘प्रधानमन्त्री झ्याप’ भन्दै चरित्र हत्या गरिरहेका छन् । नत प्रचण्डले त्यहाँ रक्सी नै पिएका थिए नत उनी अाराेप लगाएजस्ताे झ्याप नै भएका थिए ।source:http://eallnepal.com

No comments
Post a Comment