Latest News

Friday, May 12, 2017

रुखले किचेर ज्वाँईको ससुरालीमा मृत्यु भएपछि…

सुनौलो न्यूज ,सुनसरी। सुनसरीको दुहबी नगरपालिका १२ मा बुधबार रुख काट्ने क्रममा रुखले किचेर ससुराली बस्दै आएका एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत घर भई हाल सोही नगरपालिकास्थित ससुराली बस्दै आईरहेका अन्दाजी ४५ बर्षिय जितेन पासवान रहेका छन्।
पासवानलाई सोही ठाउँ बस्ने पार्वती राजवंशीको घर नजिकै रहेको रुख काट्ने क्रममा रुख ढलेर किचेको थियो। रुखले किचेर गम्भिर घाईते उनलाई उपचारकालालागी बिराट टिचिङ हस्पिटल टंकिसिनवारीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

No comments

Post a Comment