Latest News

Friday, May 12, 2017

१७ वर्षीय युवती ३ दिन देखि सम्पर्क बिहिन, खोजि कार्यमा सहयोग गर्न सबैमा अनुरोध झापाकी सक्दो शेअर सहयोग गरि दिनु होला

सुनौलो न्यूज ,दमक | झापा गौरादह नगरपालिका-६ दामुना निवासी बर्ष १७ कि दिपिका ढुङगाना नाम गरेकी युवती केहि दिन देखि सम्पर्क बिहिन भएकीले परिवार आफन्त लगायत प्रहरी प्रशासनले तिब्र खोजी गरिरहेको छ |परिवारका अनुसार गुलाबी र सेतो मिसिएको टिसट र कालो पेन्ट लगाएको अवस्थामा यहि २०७४ बैशाख २५ सोमबार बिहान दामुना- दमक दैनिक चल्ने शुभकामना यातायात नामक बसमा चढेर घरबाट हिडेकी र अहिले सम्म पनि सम्पर्कमा नआएकीले परिवार श्रोतले बताएका छन् |
जान सक्ने सम्भावित आफन्त, साथीभाईहरुको घर अन्य ठाउँमा पनि नगएकी र सम्पर्कमा पनि नआएकीले थप चिन्ता र तनाब परिवारलाई बढेकोछ |
खोजि कार्यमा सहयोग गर्न परिवारले सम्पुर्णमा बिन्रम अनुरोध गर्दै निम्न न. मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ – ९८१५९१२१२०, ९८१४९४७४७८, ९८०३५१११४४, ९८१७९७२१८५, ९८६१३१२५२५

No comments

Post a Comment