Latest News

Saturday, May 13, 2017

रामेछापको कालिका भगवती मतदानकेन्द्रमा हवाई फायर

काठमाडौँ वैशाख ३१ –नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बिच झड्प भएपछि साविक टोकरपुर गाविसको पुन्चेतमा मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।
पुन्चेतको कालिका भगवती निमावी मतदान केन्द्रमा १६७ मत खसेपछि माओवादी कार्यकर्ताले कांग्रेसको एजेन्टलाई कुटपिट गरेपछि विवाद भएको स्थानीय हेम थापा मगरले जानकारी दिए ।विवाद झड्पमा परिणत भएपछि प्रहरीले एक राउण्ड हवाई फायर र एक सेल अश्रुग्याँस प्रहार गरेको छ । झड्पमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।चार जना पक्राउ गरेपछी पुनः मतदान शुरु भएको स्थानिय हेम थापाले जानकारी दिए ।ratopati.com

No comments

Post a Comment