भक्तपुर । भक्तपुरको गट्ठाघरस्थित मध्यपुर ठिमी नगरपालिका ३ बस स्टेनमा छउेउमा बम विस्फोट भएको छ । नेकपा एमालेका मेयर प्रत्याशी मदनचन्द्र श्रेष्ठको घर अगाडि अज्ञात समूहले राखेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले विस्फोट गराएको हो।
मध्यपुर नगरपालिकाका मेयर उम्मेदवार श्रेष्ठले निर्वाचन विथोल्ने लक्ष्यले बम राखिएको बताएका छन्।
एउटा बम विस्फोट गराए लगत्तै सेनाले अर्को बम विस्फोट गराएको छ । उक्त क्षेत्रका स्थानीयवासीमा आतंक फैलिएको छ।
बम विस्फोट भएको स्थल भन्दा दुई सय मिटर टाढा नजप्रेमी मावि कौशलटारमा मतदान केन्द्र रहेको छ । बम विस्फोट स्थलमा सेना, प्रहरी, मानवअधिकार्मीको टोली उपस्थित भएका छन्।news24

No comments
Post a Comment