Latest News

Saturday, May 13, 2017

#Rip दोदा नदिमा डुबेर एक युवाको मृत्यु हेमन्त न्यौपाने

#Rip
दोदा नदिमा डुबेर एक युवाको मृत्यु
हेमन्त न्यौपाने 
पुनर्वास, ३० बैशाख
कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका -६ ङ गाउँका पुर्ण बहादुर दर्जीका १६ बर्षिय छोरा तेज बहादुर दर्जी परियारको शुक्रबार करिव ३ बजे दिउँसो दोदा नदिमा डुबेर मृत्यु भएको छ ।
क गाउँ स्थित जंगल पिकनिक स्पोर्ट्स नजिक दोदा नदिको किनारामा पानी ताल परेर बसेको ठाँउमा पौडी खेल्न गएका उनको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले बताए ।
मृतक पु.न.पा. - ६ जिवन ज्योति माध्यमिक विद्यालयको कक्षा १० मा अध्यनरत छात्र हुन ।
सो खबर पाउना साथ घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलि पुग्दा उनको मृत्यु भईसकेको प्रहरी निरीक्षक टमाटाले बताए ।
दोदा नदिको सो तटमा गोहि पनि बस्ने भएता पनि शरीरमा कुनै चोटपटक नभेटिएको प्रहरीले बताएको छ ।नमस्ते नेपाल पेज बाट 

No comments

Post a Comment