Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, February 3, 2017

दैनिक ५ पटक सेक्स गर्दा मात्र राहत महशुस गर्ने युवतीको सेक्स अनुभब सार्बजनिक ( + 18 उमेरकाले मात्र हेर्नु पढ्नुहोस)>>

एक युवती हरेक दिनजसो बारमा जान्थिन् । कुनै अपरिचित पुरुषसँग कुराकानी गर्थिन् । त्यसको केही समयपछि उनी त्यही पुरुषसँग ओछ्यानमा हुन्थिन् । यस्तो अजीवको दैनिकी भएकी युवती थिइन्– ब्रिटेनकी सेई कोलाड । उनको यो दैनिकी केही दिन या महिनाको मात्र होइन । १३ वर्षसम्म यस्तो दैनिकी कायम गरिन् उनले
।अहिले ३५ वर्ष भइसकेकी सेईलाई १७ वर्षको उमेरदेखि नै यौनको लत लागेको थियो । त्यसैवेलादेखि उनले विभिन्न पुरुषसँग सम्बन्ध राख्न थालिन् । १९ वर्षको उमेरसम्ममा सेईले ४० पुरुषसँग शारीरिक सम्बन्ध राखिसकेकी थिइन् । आफूले जीवनमा तीन सय ७० पुरुषसँग यौनसम्बन्ध राखिसकेको उनी बताउँछिन् ।त्यसो त कुमारित्व गुमाउँदा उनी मात्र १३ वर्षकी थिइन् । उनी भन्छिन्, ‘त्यसैवेला म गर्भवती भएँ । त्यसले मलाई निकै चिन्तित बनायो । आखिर १४ वर्षको उमेरमै मैले छोरी जन्माएँ । मेरो समय निकै खराब हुन थाल्यो ।’ छोरी जन्मेको ६ हप्तापछि सामाजिक संगठनले हेरचाहमा मद्दत त गरे, तर सानै उमेरमा आमा बनेपछि उनको बालापन नै गुम्यो । त्यसमाथि उनी परिवारसँग बस्ने वातावरण बन्न सकेन । त्यसैले १६ वर्षको उमेरमा छोरी साराका साथ उनले घर छाडिन् । तर, छोरीले मात्र उनको एक्लोपना हटेन । त्यसले उनलाई निकै दुस्खी बनायो । एक्लोपनाबाट मुक्त हुने बाटो खोज्दै एउटा हाउजिङ सोसाइटीमा बस्न पुग्दा उनको उमेर १७ वर्षको थियो । त्यहाँ सेईले ३१ वर्षीय पल भेटिन् र उनलाई ब्वाइफ्रेन्ड बनाइन् । आफ्नो एक्लोपनाको अन्त्य हुने विश्वासमा पलसँग यौनसम्बन्ध राख्न थालिन् । तर, पनि उनको एक्लोपना हराएन । सेई भन्छिन्, ‘मलाई अत्यधिक सेक्सको आवश्यकता पथ्र्यो सेक्सले मात्रै राहत महसुस हुन्थ्यो । जब सेक्स गर्न पाउँदैनथेँ, आत्मविश्वास नै गुमाउँथेँ । त्यसले मलाई दुस्खी र ‘डिप्रेस्ड’ बनाउँथ्यो । त्यसैले म छिटोभन्दा छिटो सेक्स गर्न चाहन्थेँ ।’ त्यसपछि उनी पललाई झुक्याएर हप्तामा एकपटक पब जान थालिन् । उनी त्यहाँ भेटिएका अपरिचितसँग सम्बन्ध बनाएर यौनसम्बन्ध राख्थिन् । पछि त यस्तो सिलसिला बढ्न थाल्यो । यसबीचमा उनले ब्वाइफ्रेन्डसँग बफादार हुने निकै कोसिस त गरिन् । तर, उनलाई दिनमा चारदेखि पाँचपटकसम्म सेक्स गर्ने लत लागिसकेको थियो । उनको ब्वाइफ्रेन्डबाट त्यो सम्भव थिएन । त्यसैले जब उनी ‘सेक्सुअल फ्रस्टेसन’ महसुस गर्थिन्, तब बाहिर गएर आफ्नो प्यास मेटाउँथिन् । यसरी उनले ब्वाइफ्रेन्डलाई निकैपटक धोका दिइन् । त्यसबीचमा उनी गर्भवती बनिन् । त्यसले उनलाई दुखी बनायो । किनकि, उनी अर्को बच्चाको हेरचाह गर्न सक्ने अवस्थामा थिइनन् । त्यसैले उनले गर्भपतन गर्ने निर्णय लिइन् । उनलाई त्यो बच्चा कसको हो भन्ने पनि थाहा थिएन । त्यसैले पललाई पनि बताइनन् । उनी त्यसवेलासम्म चाहन्थिन् कि पलसँगको सम्बन्ध कायम रहिरहोस् । तर, त्यो सम्भव भएन र उनीहरूले अलग हुने फैसला गरे । त्यसवेला उनी १९ वर्षकी भएकी थिइन् । सेई भन्छिन्, ‘सेक्स एडिक्सनले मलाई बेहोसी नै बनाउँथ्यो । मेरो एक्लोपनाको उपचार सिर्फ सेक्स थियो ।’ उनले बताएअनुसार जतिखेर चाह्यो त्यतिखेर सेक्सका लागि उपस्थित हुने पाँचजना पुरुष उनको सम्पर्कमा थिए । त्यसका साथै उनले धेरै अपरिचितसँग यौनसम्बन्ध बनाइन् । उनी बारमा जान्थिन् । त्यहाँ भेटिएको कुनै पुरुषलाई नजिक बनाउँथिन् र यौनको प्रस्ताव राख्थिन् । उनी यौनकलामा पोख्त थिइन् । त्यसले उनको यौनसाथी पनि सन्तुष्ट हुन्थे । उनी हरेक रात बाहिर जान्थिन् । त्यसवेला छोरीलाई घरमा थुनेर राख्थिन् । उनको दिमागमा केवल यौन मात्रै आउँथ्यो । २२ देखि ३० वर्षको उमेरबीच उनको जिन्दगी यसरी नै चल्यो । त्यस अवधिमा उनको जीवन लथालिंग र बदनाम भइसकेको थियो । उनमा यौनलत नराम्ररी हाबी भइसकेको थियो । उनी हप्तामा पाँचदेखि ६ जनासँग सम्बन्ध राख्थिन् । २६ वर्षको उमेरमा उनी फेरि गर्भवती भएकी थिइन्, तर गर्भपतन गराइन् । त्यसपछिका दिनमा उनी कुनै पनि पुरुषका साथ जान्थिन् । पहिले रक्सी पिउँथिन् अनि यौनसम्बन्ध राख्थिन् । त्यसैबीचमा उनले म्यानेजमेन्ट कन्सल्टेन्टको काम पनि गरिन् । तर, उनी आफैँ अचम्ममा पर्छिन् र भन्छिन्, ‘त्यसवेला मैले कसरी काम गरेँ होला ?’ किनकि, उनलाई जब यौनको भोक लाग्थ्यो, बिरामी नै पर्थिन् र अफिस पनि जाँदिनथिन् । उनले आफ्ना कैयौँ सहकर्मीका साथ पनि यौनसम्बन्ध राखिन् । उनी २९ वर्षको हुँदा घरको भाडा तिर्न नसकेर निकालिइइन् । त्यसवेलासम्म छोरीलाई पनि उनीबाट अलग्याएर परिवारका साथ पठाइसकिएको थियो । तर, त्यसपछि उनको जीवनमा यस्तो घटना भयो, जसले उनको जिन्दगी बदल्यो । सेई बताउँछिन्, ‘म एउटा साथीको घरमा बसेकी थिएँ । त्यहाँ ‘द सिक्रेट’ नामको डकुमेन्ट्री हेर्ने मौका पाएँ । त्यसमा यौनको लतबारे बताइएको थियो । त्यसपछि मैले आफूमा साँच्चै समस्या रहेको थाहा पाएँ ।’ त्यसपछि उनलाई लाग्यो, आफ्नो यौन लत छुटाउन जरुरी छ । सेईले यौन लतको भासबाट उत्रिनेबारे त्यसअघि कहिल्यै सोचेकी थिइनन् । त्यो लतबाट छुटकारा पाउन सक्छु भन्ने थाहा पाउँदा उनी ३० वर्षकी भइसकेकी थिइन् । त्यसवेलासम्म उनको हालत निकै नराम्रो भइसकेको थियो । त्यसैले पनि उनलाई सहयोगको आवश्यकता थियो । त्यसमा उनको साथीको सहयोग मिल्यो । र, पछिल्लो चार वर्षमा सेईको जीवन निकै बदलिसकेको छ । यस अवधिमा उनी यौनको लत छुटाउन दिइने कैयौँ प्रशिक्षणमा सहभागी भइसकेकी छिन् । त्यसका लागि १२ चरणको कार्यक्रममा पनि सामेल भइन् । उनी अहिले चार वर्षभित्र आफूमा आएको परिवर्तन ‘सेलिब्रेट’ गरिरहेकी छिन् । सेई भन्छिन्, ‘मलाई सेक्सको यस्तो लत लागेको थियो कि विनापुरुष सुत्न नै सक्दिनथेँ । तर, पछिल्लो चार वर्ष उनको यस्तो लत रोकिएको छ । उनले त सोचेकी पनि थिइनन्– उनी यो लतबाट मुक्त हुन्छिन् भनेर । यस अवधिमा कैयौँपटक सेक्सको तल–तल लागे पनि उनले सेक्स गरिनन् । त्यसपछि त बिस्तारै उनी लतबाट मुक्त हुँदै गइन् । अहिले त उनी सामान्य जीवन बाँचिरहेकी छिन् ।

No comments

Post a Comment