Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, February 27, 2017

काठमाण्डौमा स्वाइनफ्लू भेटियो बच्ने उपाय जानी राखौ

काठमाडौं । उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि काठमान्डौमा स्वाइनफ्लुका बिरामी भेटिएको छ । काठमाण्डौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक साता अगाडी पुगेका एक जना बिरामीमा एच वान एनवान भाइरस अर्थात् स्वाइन फ्लु देखिएको हो ।
एक साता अगाडी ज्वोरो आउने र घाँंटी दुख्ने भएपछी काठमान्डौका एक जना व्यक्ति शुक्रराज ट्रपिकल अस्पताल आएका थिए । परिक्षणको क्रममा एच वान एन वान भाइरस पोजेटिभ देखिएको डा. शेरबहादुर पुनले बताए ।
बिशेषगरि मधुमेह, उच्च रक्तचाप, अंग प्रत्यारोपण गरिएका ब्यक्ति र डाइलासिस् गरिरहेका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाइ स्वाइनफ्लु सर्ने भएकाले उच्च साबाधानी अपनाउन चिकित्सकले सुझाब दिएका छन् । इन्फ्लुएन्जा भाइरसबाट बच्न बिदेशी मुलुकहरुमा खोप लगाउने गरिए पनि नेपालमा भने धेरै सर्बसाधारण यसबारे अनबिज्ञ छन् । इन्फ्लुएन्जा भाइरसको उच्च जोखिममा रहेका बर्गलाई खोप लगाउने लगायतका कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने डा शेरबाहादुर पुनको सुझाब छ ।
धेरै दिनसम्म कडा ज्वरो आए, खोकी लागिरहे ,घाँटी खसखसाए, काम छुटे स्वाइन फ्लु भएको हुन सक्ने हुँदा यस्ता लक्षण देखिए तुरुन्त परीक्षण गरिहाल्न चिकित्सकको सुझाब छ । काठमाण्डौं उपत्यकाको प्रदुषणका कारण पनि श्वासप्रश्वासका रोगीहरु बढेको चिकित्सकहरु बताउँछन् । प्रदुषणले अन्य श्वासप्रश्वासको समस्या बढिरहेको स्थितिमा स्वाइनफ्लुको एच वान एन वान भाइरसको संक्रमणको जोखिम पनि बढ्ने भएकाले थप साबधानी अपनाउनु अनिवार्य छ ।न्युज -२४ बाट 

No comments

Post a Comment