Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, February 28, 2017

काठमाडौबाट त्रिशुली आउँदै गरेको माईक्रोबस दुर्घटना हुदाँ ११ जनाको मृत्यु,#Rip १२ जना गम्भिर घाईते पढ्नुहोस पुरा

काठमाडौबाट त्रिशुली आउँदै गरेको माईक्रोबस दुर्घटना हुदाँ ११ जनाको मृत्यु,#Rip १२ जना गम्भिर घाईते । मदानपुर गा.वि.स.को वडा नम्बर ८ स्थित केउरीनी स्थिती जोगीभिर भन्ने स्थानमा भएको माइक्रो बस दुर्घटना बाट ८ जनाको घटनास्थलमा र थप तीन जनाको उपचारको क्रममा काठमाडौमा मृत्यु भएको छ । मृत्यु हुनेमा माइक्रोबसका चालक बेलकोट गाविसका दामोदर कँडेल, नेपाली सेनाको सैन्य तालिम केन्द्र मैथली ब्यारेकमा तालिमरत सैन्यहरु यसोदा कार्की, ईश्वर कार्की, ओखलढुङ्गा घर भएका सन्तोषी बोगटी र रामेछाप घर भएका लक्ष्मी श्रेष्ठको सनाखत भएको छ । घटनास्थलमा मृत्यु भएका तीन जना र उपचारको क्रममा काठमाडौमा मृत्यु भएका तीन जनाको सनाखत हुन बाँकी रहेको छ । मृत्यु हुने अन्य ६ जनाको सनाखन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको माईक्रोबस सडकबाट सात सय मिटर तल पुगेको प्रहरीले जनाएको छ । काठमाडौबाट त्रिशुली आउँदै गरेको बा.१ ज ७५८३ नम्बरको माईक्रोबस पासाङल्हामू मार्ग अन्तर्गत केउरनीमा दुर्घटना भए लगत्तै घाइतेको उद्धार, मृतकको शव संकलन गर्न आफूहरु केन्द्रित रहेका प्रहरी चौकी ककनीका प्रहरी निरीक्षक जयराम वन्तले बताउनुभएको छ । माईक्रोबसमा २३ जना भन्दा यात्रुहरु रहेकोमा १८ जना सैन्य तालिम केन्द्र मैथलीमा तालिम गर्दै आएका सैन्यहरु रहेका छन् । तालिमरत सैन्यहरु काठमाडौबाट सैन्य तालिम केन्द्र त्रिशूलीमा आइरहेका थिए । घाइते भएका मध्ये दुई जनाको वीर अस्पतालको ट्रमा सेन्टर र १० जनाको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । साँघुरो सडकमा तिव्र गतिमा भएको करण दुर्घटना भएको बताईएको छ । दुर्घटनाबाट घाइते तथा मृतकको उद्धारमा स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मी परिचालन भएको थियो । घाइते भएका मध्ये गम्भिर अवस्थाको पाँच जनालाई हेलिकोप्टरमा राखेर काठमाडौ पठाइएको थियो । दुर्घटनामा परी घाइते भएकाहरुको उपचार र मृतकको शव व्यवस्थापन गरी पहिचान गराई परिवारलाई जिम्मा लगाउन आफूहरु केन्द्रित रहेको घटनास्थल पुग्नुभएका नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभएको छ । मृतक मध्ये चालक दामोदर कँडेलको शव जिल्ला अस्पताल त्रिशूलीमा ल्याइरहेको छ भने बाँकी सबैको शव त्रिवि शिक्षण अस्पताल काठमाडौ लगिएको छ । घटनास्थलमा रहेका घाइते र मृतकको सामाग्रिहरु प्रहरीले संकलन गरी जिल्ला प्रहरी कार्यालय विदुरमा ल्याएको छ । पत्रकार खेम राज खनाल सरको रिपोर्ट बाट साभार

No comments

Post a Comment