Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, February 26, 2017

सर्पले टोकेपछि के गर्ने, के नगर्ने ?जानी राखौ

एजेन्सी । गर्मी मौसममा तराईका जिल्लामा सर्पको टोकाइबाट बर्सेनि कैयौँ व्यक्तिको ज्यान जाने गरेको छ । यो अवधिमा विषालु सर्प निस्किने र टोक्ने दर अरू समयमा भन्दा निकै बढी हुन्छ । snakebite-500x440तर, अझै पनि अधिकांश बिरामी सर्पले टोकेपछि अस्पताल नगएर धामीझाँक्रीकहाँ जाने गरेको पाइन्छ । सर्पले टोकेलगत्तै अस्पताल आउने बिरामीको मृत्युदर भने निकै कम रहेको विभिन्न संघसंस्थाले गरेका अध्ययनले देखाएको छ । सर्पको टोकाइ र त्यसको प्राथमिक उपचारबारे ज्ञान नहुँदा पनि कतिपय व्यक्तिको
अकालमा ज्यान जाने गरेको छ । त्यसैले सर्पदंश उपचारबारे लामो अनुभव भएका जनकपुर अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. अवधेषकान्त झाले महत्वपूर्ण जानकारी दिएका छन्
१. सर्पले टोकेको घाउ अनावश्यक रूपमा चलाउनु हुँदैन । पोल्ने, चिरफार गर्ने, घाउबाट विष चुस्ने, विद्युतीय झड्का दिने, मनलागी जडीबुटीको प्रयोग गर्नेजस्ता काम गर्नु हुँदैन । यस्तो गर्दा घाउको संक्रमण झन् बढ्ने खतरा हुन्छ । घाउमा विष फैलिने गति बढ्छ र अत्यधिक रक्तश्राव हुनसक्छ । टोकेको ठाउँमा ब्लेडले चिरेर विष बाहिर फाल्ने प्रयास गर्दा विषभन्दा रगत बढी गई बिरामीको मृत्यु हुनसक्छ । घाउ चुस्नेको मुखमा घाउ छ भने उल्टै विष सर्ने खतरा हुन्छ । यस्ता कुरामा अल्झिनु समयको नोक्सानी मात्र हुनसक्छ । हातखुट्टामा टोकेको छ भने स्लिङ वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ ।

२. गोमन र करेतको टोकाइबाट हुने विषको प्रभाव चाँडो बढ्ने भएकाले घाउ भएको भागभन्दा माथि दबाब पर्ने गरी ब्यान्डेज वा कपडा प्रयोग गर्ने । यसलाई प्रेसर इमोबिलाइजेसन विधि भनिन्छ । ब्यान्डेज वा कपडाले ट्याप्प हुने गरी बाँध्नुपर्छ, तर एकै ठाउँमा एकदमै कसेर भने बाँध्नु हुँदैन । कसेर बाँध्दा घाउभन्दा मुनिको भागमा रक्तसञ्चार पूरै बन्द हुन गई उक्त भाग नै मर्ने गरेको कैयौँ घटना निम्तिएका छन् ।

३. हातखुट्टा मर्केको वेलामा जस्तै गरेर ब्यान्डेज लगाउने । तर, रक्तसञ्चार प्रणालीका रक्तधमनीहरूलाई असर पर्ने गरी या नाडी महसुस नहुने गरी बाँध्नु हुँदैन । ब्यान्डेजको पत्रका बीचमा कान्छीऔँला छिराउन सक्ने गरी खुकुलो पार्नुपर्छ ।

४. सर्पले डसेपछि बिरामीलाई अत्यन्त डर लाग्छ । यस्तो वेला अरूले सान्त्वना दिनुपर्छ ।

५. धामीझाँक्रीको उपचार, विष सोस्ने कालो ढुंगा र स्नेक स्टोनको उपचारतर्फ लागेर महत्त्वपूर्ण समय नगुमाउने ।

६. विषका लक्षण कम नभएसम्म या एन्टिस्नेक भेनम सुरु नभएसम्म ब्यान्डेज खोल्नु हुँदैन ।

७. बिरामीलाई जतिसक्दो छिटो एन्टिस्नेक भेनमसहित चिकित्सक उपलब्ध भएको स्वास्थ्य केन्द्रमा पुर्‍याउने ।

८. सर्पलाई मार्ने प्रयास गर्नु हुँदैन । मारिसकिएको छ भने पहिचानका लागि अस्पतालमा सुरक्षित तरिकाले लैजानुपर्छ ।

९. चिकित्सकले नभनेसम्म केही नखाने/नपिउने । विष नफैलियोस् भनेर टोकेको भागभन्दा माथि कसेर बाँध्ने काम नगर्ने । नया पत्रिका दैनिकबाट

No comments

Post a Comment