काठमाडौं, २९ पुस । चलचीत्र छक्का पञ्जा पाइरेसी गरेको आरोपमा पक्राउ परेर छुटेका २३ वर्षिय युवा कृष्ण सुवेदीले आफ्नो मृत्यु होइन हत्या भएको सुसाइट नोटमा उल्लेख गरेका छन् । उनको शव शुक्रबार काठमाडौं मानपा ९ विजयाचोकमा रहेको दीक्षा आचार्यको घरमा सिलिङमा मखलरले बाँधेर झुण्डिएको अवस्थामा भेटिएको थियो । नवलपरासि शिवमन्दिर गाविस वडा नम्बर तीन स्थायी घर भएका कृष्णको शव पोस्ट मार्टमको लागि शिक्षण अस्पताल महाराजगन्ज पु¥याइइको छ । note सुवेदीकाे सुसाइट नाेट चलचीत्र छक्का पञ्जा हलमा चलिरहेको अवस्थामा फेसबुकबाट लिक भएको थियो । चलचीत्र पाइरेसी भएको भन्दै महानगरिय प्रहरी अपराध महासाखामा उजुरी परेको थियो । उजुरीपछि उनलाई केही दिनअघि महासाखाको टोलीले पक्राउ गरेको थियो । तर, उनको समलग्ना नदेखिएपछि महासाखाले सामान्य सोधपुछका आधारमा मिलापत्र गराइ छाडेको थियो । यसैबीच घटनास्थलमा सुवेदीको सुसाइट नोट समेत फेला परेको छ । उनले आफ्नो मृत्यु नभइ हत्या भएको दाबी गरेका छन् । ‘मेरो मृत्यु होइन हत्या भएको हो । एक हप्ता जति अघिबाट ज्यान मार्ने धम्की आइराखेको थियो ।,’ उनले लेखेका छन्,‘आमा, बाबा, दाई, दिदि मलाइ माफ गर्दिनु । बैंकको खातामा मेरो…जम्मा गरेको एक लाख रुपैया आमालाई दिनु होला ।’
Subscribe to:
Post Comments
(
Atom
)
No comments
Post a Comment