Latest News

Saturday, February 11, 2017

सडक बिस्तारसंगै निम्तियाे भयानक सवारी दुर्घटना : काेशी राजमार्ग सबैभन्दा खतरनाक : एकै दिन अाधा दर्जन दुर्घटना

इटहरी । उपत्यका बाहिरका शहरहरू मध्ये प्रमुख गन्तब्य बनिने पूर्वकाे शहर बिकाश निर्मार्णमा अघिल्लाे श्रेणीमा पर्दछ । अाैपचारीक घाेषणा हुन नसकेपनि पूर्वका शहरलार्इ प्रदेश नं १ काे राजधानी मानिएकाे छ
। भाैगलीक र बाताबरणीय दृष्टीकाेणले पछिल्लाे समय पूर्वका बिभिन्न जिल्लाहरूमा अान्तरीक तथा बाहिय पर्यटकहरूकाे अागमनपनि बढदै गएकाे छ । चारैतिर बिकाश निर्माणले बिशेष प्राथमिकता पाएकाे छ निरन्तरता पनि जारी छ । यसै क्रममा अहिले पूर्वकाे केहि जिल्ला समेटीएर सडकमार्ग बिस्तारले पनि तिब्रता पाएकाे छ ।काठमाण्डाैपछि दाेश्राे ठुलाे सहर मानिएकाे बिराटनगरकाे रानी जाेगवनी देखी धरान सम्मकाे ५० किलाेमिटर सम्मकाे सडकमार्गलार्इ ६ लेन बनाउने कार्य तिब्र रूपमा अघि बढेकाे छ । बिराटनगर, भारत र तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानी जोगबनी नाकादेखि धरानसम्मको ५० किलोमिटर व्यापारिक मार्ग छ लेनको विस्तार गर्ने योजना अनुरूप यसकाे निर्माण गतिले तिब्रता पाएकाे हाे । दैनिक जनसंख्या बृद्धीसंगै बढदाे सवारी चापलार्इ मध्यनजर गर्दै सडकहरू बिस्तार हुनु वा बिकाश हुनु अाम मानिसकालागि खुशीकाे कुरा हाे तर सडक बिस्तार गर्ने क्रममा ठेकेदार कम्पनी र प्राविधिकहरूले ध्यान पूर्याउन नसक्दा त्यही बिकाश पनि बिनासकाे कारण बन्नेमा कुनै संकाेच छैन ।अहिले यस्तै सावित भइरहेकाे छ । बिरानगरकाे रानी जाेगवनी नाका देखी धरानकाे जिराे प्वाइन्ट सम्मकाे राजमार्गलार्इ ६ लेन बनाइने कार्यले तिब्रता पाएपनि साेही राजमार्गमा दैनिक जसाे सवारी दुर्घटना पनि बढेकाे छ । काेशी राजमार्गकाे बिराटनगर सडक खण्ड र इटहरी उपमहानगरपालीकाकाे चारकाेशे झाडीमा सवारी दुर्घटनाकाे स्थिती भयावह बनाएकाे हाे । सुनसरीको दुहवीदेखि इटहरीसम्मको सडक विस्तारको जिम्मा बोहोरा कन्ट्रक्सनले लिएकाे छ । सडक बिस्तारकाे क्रममा दुवै साइडमा ड्रेन निर्माण तिब्र गतिले बढेकाे छ । साेही ड्राेन निर्माण गर्ने क्रममा थुपारीएकाे माटाे र ढुंगा ब्यवस्थापन गर्न कठीन हुदा काेशी राजमार्गकाे सडक साघुरीएर दैनिक सवारी दुर्घटना ह्वात्तै बढेकाे छ । अाइतबार मात्रै काेशी राजमार्गकाे बिभिन्न सडक खण्डमा अाधा दर्जन सवारी दुर्घटना भएका छन जसमा दुर्इ जनाकाे मृत्यु भएकाे छ भने अाधा दर्जन बढी घाइते भएका छन ।काेशी राजमार्ग अन्तरगत दुहबी बिराटनगर सडक खण्डमा मात्रै अाइतबार एकै दिन ४ सवारी दुर्घटना भएका छन भने इटहरी उपमहानगरपालीकाकाे चारकाेशे झाडीमा २ सवारी दुर्घटना भएका छन । जसमा नाम बतन नखुलेका दुर्इकाे मृत्यु भएकाे र अाधा दर्जन बढी घाइते भएकाे पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । इटहरी उपमहानगरकाे चारकाेशे झाडीमा जिप दुर्घटना भएकाे थियाे भने त्यही अासपास केही क्षणमा यात्रुबाहक बस र माेटरसाइकल दुर्घटना भएकाे थियाे । त्यस्तै अाइतबार दिउसाे दुहबी बिराटनगर सडक खण्ड अन्तरगत टंकिसिनुवारीमा बस दुर्घटना भएकाे थियाे । सडक बिस्तारकाे क्रमले निम्ताएकाे दुर्घटना कहालीलाग्दाे छ तर त्यस्लार्इ नियन्त्रण गर्न त्याे भन्दा कठिन स्थिती देखीएकाे छ । बढदाे सवारी चापसंगै यातायातका साधनहरू दर्ता गरीनु दुर्घटनाकाे मुख्य कारण बन्दै गएकाे पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । पूर्वाञ्चल ट्राफिक प्रहरी प्रमुख एसपी शाैरभ राणाका अनुसार स्थानीय अाफै सजक नरहनु , मापसे गरेर सवारी चलाउनु , ट्राफिक नियम पालना नगरीनु , र यातायात कार्यालयले क्षमता भन्दा भन्दा बढी सवारी दर्ता गरीदिनु पूर्वाञ्चल क्षेत्रमा दुर्घटना बढनुकाे मुख्य कारक रहेकाे बताउनुभएकाे छ । यसलार्इ नियन्त्रण गर्न ट्राफिक प्रहरीले मात्रै असम्भव रहेकाे बताउदै सबैले अा अाफ्नाे स्थानबाट सक्दाे सहयाेग गर्नुपर्ने पूर्वाञ्चल ट्राफिक प्रहरी प्रमुख एसपी शाैरभ राणा बताउनुहुन्छ ।

No comments

Post a Comment