काठमाडौं । भ्यालेन्टाइन्स डेको पूर्वसन्ध्यामा समुन्द्रमा डुबेर हराइरहेका सुदीप उप्रेतीको शव फेला परेको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा गत सोमबार साँझ उनीसँगै सृष्टि भण्डारी पनि डुबेकी थिइन् मरिन प्रहरी, डाइभर्स प्रहरी तथा हेलिकोप्टरबाट उद्धारकर्मीको खोजीबाट उनको शव बिहिबार भेटिएको हो ।
सोमबार साँझ मारोउब्रा समुन्द्री तटबाट सृष्टि भण्डारीसँगै सुदीप समुन्द्रमा डुबेका थिए ।
साँझ पख साथीहरुलाई केही समयपछि फर्किन्छौं भनेर उनीहरु समुन्द्रतर्फ गएका थिए । नफर्किएपछि साथीहरुले उनीहरुलाई समुन्द्रले बगाएको शंकामा खोजी तीब्र पारिएको थियो ।भण्डारीको शब भने मंगलबार बिहान समुन्द्री तटको उत्तरी किनारामा फेला परेको थियो ।झापा घर भएका सुदीप र काठमाडौंकी सृष्टि दुवै न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।
No comments
Post a Comment