Latest News

Thursday, February 23, 2017

नेतालाई पैसासँगै केके दिएर राजदूत सिफारिस भइन् ‘म्यानपावरवाली’ शर्मिला ?

काठमाडौं : सोमबार साँझ सरकारले विभिन्न १४ देशका लागि राजदूत सिफारिस गरेको छ। आजकाल नेताहरुले कोटा नबाढेसम्म जनताले भात खान पनि पाउदैनन् । १४ देशका लागि सिफारिस भएका राजदूत मध्ये कांग्रेसको कोटामा ६ जना परेका छन् । माओवादी चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन र फोरम लोकतान्त्रिकको कोटामा एक परेका छन् ।
केही राम्र नेता अर्थात् कुटनीतिज्ञ राजदूत भएका भए पनि केही भने पैसाकै बलमा राजदूत सिफारिस भएका छन् । पैसा देखाएर राजदूत बन्ने एक नम्बर म्यानपावरवाली हुन् फोरम लोकतान्त्रिकको सिफारिसमा परेकी शर्मिला पराजुली । पराजुली ओमनका लागि राजदूत सिफारिस भएकी हुन् । उनको धन्दा नेपाली युवायुवतीलाई विदेश सप्लाई गर्नु र पैसा कमाउनुबाहेक अरु छैन् । सोही पैसा नेतालाई बाँढेकै आधारमा उनी राजदूतको रुपमा सिफारिस हुन सफल भएकी हुन्।
शर्मिला पैसाकै कारण नेताका नजिक छिन् भन्ने कुराको पुष्टि गर्ने विभिन्न आधार छन् । यसअघि ओली सरकारको पालामा समेत उनी ओमानकै लागि राजदूत सिफारिस भएकी थिइन् । यो उनको राजदूत सिफारिस शृङ्खला दोस्रो हो । ३६ बर्षीया शर्मिला नेतालाई आफ्नो बसमा राख्नका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छिन् । पैसाको खोलो बगाएरै राजदूतको दौडमा उनी निरन्तर थिइन् । जसले उनको म्यानपावरी
य शक्तिलाई सर्वशक्तिमान बनाउने देखेर उनी राजदूत बन्ने होडमा नेताको कोठाकोठा पुग्ने गर्थिन् ।
कोठाकोठा पुगेर नेतासँग विभिन्न सम्झौता गर्ने शर्मिलासँग कुटनीतिक बहस गर्ने क्षमता र अनुभव भने शुन्य छ । यसअघि उनी मलेसिया र दुवईमा बसेर नेपाली युवायुवतीलाई विदेश सप्लाइको सेटिङ मिलाउदै आएकी थिइन् । पछिल्ला दिनमा भने ओमानलाई केन्द्र बनाएर युवायुवती सप्लाइका लागि सेटिङ गर्नु उनको दैनिकी हो । सोही सेटिङका क्रममा राजदूतावासले अप्ठेरो पारेपछि उनले नेतासँगको साठगाँठपछि राजदूत नै खान लागेकी हुन् । यो उनको लामो समयदेखिको प्रयास र प्रतिक्षाको फल हो !
फोरम लोकतान्त्रिक अर्थात् विजयकुमार गच्छदारको पार्टीको तर्फबाट शर्मिला राजदूत सिफारिस भएकी हुन् । यसबाट पनि थाहा हुन्छ गच्छदार सरकारमा नभए पनि शर्मिलाको शक्ति कत्ति छ । सकारमा सहभागी नै नभएको पार्टीको तर्फबाट सिफारिस भएको उनको नाम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । उनी अब राजदूतको सुन्दर सपनासहित म्यानपावरको सेटिङ गर्दै दूतावास छिर्नेछिन् । त्यसका लागि उनले संसदीय सुनुवाईको भने सामना गर्नुपर्ने हुन्छ ।
शर्मिला परिवारसहित म्यानपावरमा संलग्न दलालीमा सक्रिय छिन् । उनका श्रीमानको म्यानपावर कम्पनी नै छ । विमल ढकालले फ्लोरिड नामको म्यानपावर कम्पनी चलाउछन् । जहाँबाट युवायुवती विदेश सप्लाई गर्नु नै शर्मिलाको मुख्य भूमिका हो । तर, अब उनी माहामहिम राजदूतको रुपमा सिफारिस भएकी छिन् ।

के अब शर्मिला राजदूत भएपछि उनको परिवारलाई युवायुवती विदेश पठाउने सेटिङ मिलाउन मात्र सहज हुने हो कि ओमनमा नेपालको प्रतिनिधित्व गरेर उनले नेपालको राजदूतको जिम्मेवारी पूरा गर्लिन ? यो गम्भिर प्रश्नलाई वेवास्था गर्दै सरकारले नाम सिफारिस गरेपछि शर्मिलालाई चिन्नेहरु राजदूत भनेको युवायुवती विदेश सप्लाई गर्ने दलाल नै रहेछ भनेर चित्त बुझाउलान होइन त ? कि कसो ?

सरकारले  सिफारिस गरेका अन्य राजदूत

श्रीलंका : विश्म्भर प्याकुरेल (कांग्रेस)
बंगलादेश : डा.चोपलाल भुसाल (कांग्रेस)
युएई : आशा लामा (कांग्रेस)
जापान : प्रतिभा राणा (राप्रपा)
डेनमार्क : युवनाथ लम्साल (माओवादी केन्द्र)
बहराइ : पदम सुन्दास (माओवादी केन्द्र)
अष्ट्रेलिया : लक्की शेर्पा (माओवादी केन्द्र)
कतार : रमेशप्रसाद कोइराला (कांग्रेस)
साउदी : महेन्द्र सिंह (माओवादी केन्द्र)
दक्षिण कोरिया : अर्जुन जंगबहादुर सिंह (कांग्रेस)
इजरायल : निरन्जन थापा (राप्रपा)
म्यानमार : भीम उदास (कांग्रेस)
स्पेन : भरत रायमाझी (राप्रपा)

No comments

Post a Comment