Latest News

Monday, February 13, 2017

तनहुँमा बस दुर्घटना हुँदा १४ जना घाइते

तनहुँको छाङ-८ गर्बलामा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।मंगलवार साँझ ६ बजे तिर बस सडकमा रहेका खाल्डो कटाउने क्रममा अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खस्दा चालक सहित १४ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको मणिपाल,५ जनाको गण्डकी मेडिकल कलेज र २ जनाको वी.पी. कोइराला मेमोरियल स्वास-प्रश्वास केन्द्र बेलचौतरा तनहुँमा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेको तनहुँ प्रहरीले जनाएको छ ।

No comments

Post a Comment