Latest News

Thursday, February 16, 2017

यस्ता लक्षण देखापरेमा तपाई सम्झनुहोस क्यान्सरले समात्दै छ ।

यस्ता लक्षण देखापरेमा तपाई सम्झनुहोस क्यान्सरले समात्दै छ । एजेन्सी । बेलायतको स्वास्थ्य विभागले एक चेतावनी जारी गर्दै क्यान्सरका लक्षणबारे जानकारी दिएको छ । तीन हप्ता भन्दा बढी छातीमा जलन भएमा तत्काल चिकित्सकलाई सम्पर्क गर्न विभागले सुझाव दिएको छ ।
पेटमा क्यान्सर हुन लाग्दा छातिमा जलन हुने चिकित्सकहरुको भनाइ छ ।

कस्ता लक्षणबाट थाहा हुन्छ ?
क्यान्सरका लक्षण बेलैमा थाहा पाउन सके क्यान्सरको उपचार पनि सहज हुन्छ । पब्लिक हेल्थ इंगल्याण्डका “बी क्लियर अन क्यान्सर” अभियानमा सहभागी भएका चिकित्सकहरुले यस्ता लक्षणबारे सूची नै सार्वजनिक गरेका छन् ।

यस्ता लक्षण के के हुन् : 
१. तीन हफ्ता सम्म अपच हुनु
२. खाना निल्न समस्या हुने
३. विनाकारण तौल घट्नु
४. डकार आइरहनु
५. कम खाँदा नै पेट भरिएको जस्तो हुनु
६. बान्ता हुन खोजे जस्तो हुनु
७. पेटको माथिल्लो भागमा अहसज हुने वा दुख्ने

लापरवाही नगर्नुस् :
अधिकाँश मानिसहरु यस्ता सामान्य लक्षणलाई ध्यान दिँदैनन् । पछि क्यान्सर भैसकेपछि भने पछुताउँछन् । मानिसहरुले पेटको क्यान्सरबाट बँच्न यस्ता सामान्य लक्षणमा समेत ध्यान दिनु पर्ने चिकित्सकहरुको सुझाव छ ।

No comments

Post a Comment