Latest News

Thursday, February 16, 2017

१३ वर्षदेखि मानिसको रगत पिएर बाँचेकी महिला

एजेन्सी: संसारमा धेरै मानिस अनौठो प्रकारको भेटिन्छ। उनीहरुको गुण र स्वभाव फरक फरक प्रकारको हुन्छ। कोहीले बिस्कुट खाएर मात्रै बाचेको हुन्छ भने कोही पानी मात्रै खाएर बाँचेको हुन्छ। तर क्यालिफोर्नियाका ३१ वर्षीया महिला जसले १३ वर्षदेखि मानिसको रगत पिएर बाँचिरहेकी छिन्।
मिचेल नाम गरेकी उक्त महिलाले एक अन्तरवार्तामा आफूले १३ वर्षदेखि मानिस र सुंगुरको रगत पिएर बाँचिरहेको खुलासा गरेकी छिन्। उनले अन्तरवार्तामा भनेकी छिन्, 'मलाई अरु केही रुच्दैन। मानिसको रगत पिउन साह्रै मन पराउँछु।'
ट्याटु आर्टिस्ट समेत रहेकी मिचेलले एक हप्तामा कमतिमा पनि ३६ लिटर सुंगुरको रगत पिउने गरेकी बताएकी छिन्। तर उनलाई सुंगुर भन्दा धेरै मानिसको रगत पिउन धेरै मन पर्छ।' उनी कहिलेकाही आफ्‍नै रगत समेत पिउने गरेकी छिन्उ नलाई यस्तो हुनुको कारण उनी युवा अवस्थामा हुँदा धेरै डिप्रेशन भएपछि यो कार्य गर्न थालेको बताइएको छ। जब उनको हातबाट रगत निक्लिन थाल्यो उनले आफ्नै हातको रगत पिउन सुरु गरिन् र अहिलेसम्म त्यो कार्य चलि नै रहेको छ।उनका अनुसार हप्तामा पल जोनी नाम गरेको मानिसको हातको रगत ३० सेकेण्डदेखि ५ मिनेटसम्म रगत पिउने गरेकी छन्।

No comments

Post a Comment