_(खोटाङ, २५ माघ । खोटाङमा यौन सम्पर्कको प्रस्ताव अस्वीकार एक युवतीको हत्या भएको छ
। खोटाङ्गको चिसापानी–४ का ४० वर्षीय रोहिन कार्कीले यौन सम्पर्कको प्रस्ताव नमान्दा भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको हत्या गरेका हुन् । प्रारम्भिक अनुसन्धान
मा कार्कीले यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या गरेको प्रहरीसामू स्वीकार गरिसकेका छन्)
यौन प्रस्ताव अस्वीकार गर्दा खोटाङमा युवतीको हत्या खोटाङ, २५ माघ । खोटाङमा यौन सम्पर्कको प्रस्ताव अस्वीकार एक युवतीको हत्या भएको छ । खोटाङ्गको चिसापानी–४ का ४० वर्षीय रोहिन कार्कीले यौन सम्पर्कको प्रस्ताव नमान्दा भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको हत्या गरेका हुन् । प्रारम्भिक अनुसन्धानमा कार्कीले यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या गरेको प्रहरीसामू स्वीकार गरिसकेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले अर्को बयानमा भने कार्कीले युवतीलाई घर लैजाने वा नलैजाने भन्ने विषयमा झगडा हुँदा घटना भएको भनेको बताए । गत बुधबार घरबाट हिँडेकी सुमिनाको खोटाङको डम्बर्खुशिवालय–१ स्थित काभ्रेखोलाको दोभानमा शनिबार दिउँसो शव भेटिएको थियो । सुमिनाको शव भेटिएको पाँच घण्टा नबित्दै प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको थियो । मृतकको गरगहना तथा रगत लागेको कपडासहित पक्राउ परेका कार्कीले घटनालाई स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । मृतक युवती अबिवाहित हुन् भने कार्की विवाहित हुन् । कार्की लामो समयसम्म कतार बसेर आएका थिए । घरबाट हिँडेकी सुमिनाले परिवारलाई ‘ईटहरी जाँदै गरेको’ जानकारी गराएकी थिइन् । प्रहरीका अनुसार कार्की र महतबीच लामो समयदेखि मोबाइल र इमोको माध्यमबाट सम्पर्क बढेको थियो ।

No comments
Post a Comment