Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, February 23, 2017

डोजरले विद्यार्थी किचेपछि विराटनगरमा तनाव, प्रहरीद्वारा हवाइ फायर

विराटनगर- महेन्द्र मोरङ क्याम्पसमा अध्यनरत विद्यार्थी रुपेश यादवलाई डोजरले किचेपछि आक्रोसित भएका विद्यार्थी प्रदर्शनमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ। यादवलाई किचेको डोजरमा आगो लगाएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर र लाठी प्रहार गरेको छ।अनेरास्ववियूका सचिव ओसिम आलमले क्याम्पस परिसरमा प्रवेश गरेर प्रहरीले विद्यार्थीहरुमाथि अन्धाधुन्ध बल प्रयोग गरेको आरोप लगाए। उनले घाइते यादवको उपचार नभएसम्म आन्दोलन नरोकिने बताए।

महेन्द्र मोरङ क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययरत यादवको क्याम्पस गेटमा बाहिर रहेको डोजरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका छन्। उनको उपचार विराटनगरस्थित न्यूरो अस्पतालमा भइरहेको छ। क्याम्पसबाट घर फर्कने क्रममा गेट बाहिर रहेको डोजरले ठक्कर दिएको थियो।

आक्रोशित विद्यार्थीहरुले डोजरमाथि आगजनी गरेपछि आगो नियन्त्रण गर्न आएको प्रहरीसँग विद्यार्थीहरुको झडप भएको थियो। आगो नियन्त्रण गर्ने क्रममा प्रहरी र विद्यार्थीबीच भएको झडपमा १५ जना विद्यार्थी घाइते भएका छन्।

आक्रोशित विद्यार्थीले डोजरमा आगजनी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। पक्राउ परेका चार जना विद्यार्थीलाई प्रहरीले नियन्त्रण मुक्त गरेपछि घटनाबारे छलफल गर्न सिडिओ कार्यालयमा बैठक बसिरहेको छ। अहिले स्थिति नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले डोजर चालक ब्रिजेशकुमार गुप्तालाई पक्राउ गरेको छ।

विराटनगरमा नाला-ढल र छ लेन सडकको निर्माण एकै साथ भइरहेकाले यहाँ डोजरको प्रयोग अत्यधिक भइरहेको छ।nagarik

No comments

Post a Comment