Latest News

Thursday, February 2, 2017

सामान्य लाग्ने यस्ता लक्षण देखिए आन्द्राको क्यान्सर हुनसक्छ जानी राखौ

बजारमा पाइने खाद्यान्न, साग–सब्जीजस्ता कुनै पनि चिज शुद्ध नपाईने अर्थात् औषधी प्रयोग गरेर उत्पादन गरिएका खानेकुराले हाम्रो स्वास्थ्यलाई नराम्रो असर गरिरहेको छ ।
हिजोआजको खानपानका कारण धेरैजसो पेटसम्बन्धी रोग लाग्ने गरेको छ । त्यसमा पनि आन्द्राको क्यान्सर एक गम्भिर समस्या हो । पढ्नुस् यस्ता छन् लक्षणहरु ।दिसामा रगत देखिनु पेटसम्बन्धी गम्भिर समस्याको संकेत हो । रगत देखिएमा आन्द्राको क्यान्सर हुन सक्छ ।
आन्द्रामा क्यान्सर हुँदैछ भनेविना कारण नै तपाईको तौल घट्दै जान्छ । आफ्नो तौलप्रति संवेदशील हुन आवश्यक छ ।
धेरै थकान महशुस पनि आन्द्राको क्यान्सरको संकेत हुनसक्छ । त्यस्तै, आन्द्रामा परिवर्तन आउनु वा वान्ता हुनु पनि ठूलो आन्द्राको क्यान्सरको संकेत हो ।
यस्तो क्यान्सर पुरुषमा तेस्रो र महिलामा दोस्रो धेरै देखिने क्यान्सर हो । यस रोगको लक्षण पहिचान गर्न पनि निकै गाह्रो हुन्छ, किनभने यस्ता लक्षण अन्य रोग लागेमा पनि देखा पर्छन् । ३० बर्ष काटेपछि प्रत्येक ५ बर्षमा एक पटक ‘कोलनोस्कोपी’ गराई आन्द्राको क्यान्सरबाट बच्न सक्नुहुन्छ । माथीका कुनै पनि लक्षण देखापरे एक पटक डाक्टरको सल्लाह लिइ सुरक्षित रहनुस्।

No comments

Post a Comment