Latest News

Monday, February 20, 2017

‘लिभिङ टुगेदर’ले बिग्रिए बलात्कार !को शिकार

काठमाडौं, फागुन ९ । गोरखाका २८ बर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ बर्षअघि काठमाडौंमा ‘लिभ–इन रिलेसनसिप’ मा थिए । यसबीचमा बिनोद भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गए ।
कोरियामा रहँदा पनि बिनोद र अनिताबीच सुमधुर सम्बन्ध रह्यो । बिनोदले अनितालाई नियमित रुपमा पैसा र उपहार पठाइरहे तर कोरियाबाट फर्केपछि भने बिनोदले अनितासँग बिहे गर्न अस्वीकार गरे ।
आफू कोरियामा भएको बेला अनिताले नेपालमा अर्कै केटासँग सम्बन्ध जोडेको र कोरियाबाट पठाएका उपहार केटा साथीलाई दिएको बिनोदको दाबी थियो ।
बिनोदले बिहे गर्न अस्वीकार गरेपछि अनिताले गत असोज ३० मा महानगरीय प्रहरी वृत्त महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा उजुरी गरिन् । केन्द्रले समस्या समाधानका लागि पहल गरेपनि सहमति जुट्न नसकेपछि अनिताले बिनोदविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कार मुद्दा दायर गरिन् ।
अनिताले बलात्कारको आरोप लगाए पनि अनुसन्धानका क्रममा बिनोदको दाबी बलियो देखियो भने अनिताको पनि गल्ती देखियो । त्यसपछि अदालतले बिनोदलाई धरैटीमा रिहा ग¥यो ।सामान्यतया यस्ता मुद्दामा आरोपितलाई जेल पठाउने प्रावधान भएपनि यस घटनामा केटीको गल्ती देखिएकोले अदालतले बिनोदलाई धरौटीमा छोडेको थियो ।काठमाडौंमा साउन यता लिभिङ टुगेदर असमझदारीमा परिणत भएका ३१ वटा उजुरी दर्ता भएका छन् । सबैजसो घटनामा लामो समयसम्म लिभिङ टुगेदरमा बसेपछि पुरुषले बिहे गर्न नमानेको भन्दै नाता प्रमाणीकरण गरिदिन तथा बिहे गराइदिन माग गरिएको छ । –नागरिक दैनिकबाट

No comments

Post a Comment