Latest News

Monday, February 6, 2017

‘नाता कायम गरीपाउँ’ भन्दै पूर्वमन्त्री राईविरुद्ध एमाले मुख्यालयमा उजुरी एक महिलालाई कोठा मै गएर मुर्ब मन्त्रिले जबर्जस्ती गरेको पढ्नुहोस पुरा

माघ २४  |   कृष्ण गिरी
 ‘नाता कायम गरीपाउँ’ भन्दै पूर्वमन्त्री राईविरुद्ध एमाले मुख्यालयमा उजुरी
काठमाडौं– नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वसूचना तथा संचारमन्त्री शेरधन राईमाथि युवा संघकी एक केन्द्रीय सदस्यले गम्भीर आरोप लगाएकी छिन् ।
उनले राईले आफूमाथि जबरजस्ती गरेको दाबी सहित ‘नाता कायम गरीपाउँ भनी पार्टी कार्यलय धुम्बाराहीमा निवदेन दिएकी छन् ।
ती युवतीले राईले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुअघि कोठामै आएर आफूमाथि जर्वजस्ती गरेको निवेदनमा दाबी गरेकी छिन् । तर राईले भने पार्टीभित्रकै केहि गिरोहले आफ्नो व्यक्तिगत जीवन र राजनीतिक प्रतिष्ठा नै सिध्याउन प्रोपोगाण्डा रहेको बताएका छन् ।
रातोपाटीसँग कुरा गर्दै राईले भने, ‘ एक वर्षदेखि पार्टीभित्र मेराविरुद्ध एउटा गिरोह सक्रिय छ । त्यो गिरोहले नै ति महिलालाई पूरै सेड्यूअल बनाइदिएर मेरो राजनीति र व्यक्तिगत जीवन सिध्याउन लागेका छन् । मैले यो सबै विषयमा पार्टी अध्यक्ष र प्रहरीमा समेत जानकारी गराएका छु ।’
घटनाको समयमा युवा संघका इन्र्चाज रहेकी ति युवतीले भने त्यतिबेला राईले आफूमाथि जबरजस्ती गरेपछि गल्ती भएको र बाहिर हल्ला नगरिदिन अनुरोध गर्दै बिहेसमेत गर्ने बचन दिएको तर अहिले आएर धोकासँगै बद्नाम समेत हुन पुगेकाले पार्टी कार्यालयमा उजुरी दिनुपरेको दाबी गरेकी छिन् ।
युवतीले राईका कारण आफ्नो प्रधानमन्त्री कार्यलयबाट जागिर गएको आरोप समेत लगाएकी छन् । उनी केपी ओली प्रधानमन्त्री हुँदा बालवाटारमा जागिर लागेकी थिइन् ।
असोजमा राईका विरुद्ध उजुरी दिन पार्टी कार्यालय धुम्बाराही पुग्दा उनी त्यहि भेटिएको र ‘मान्न घर जाँदै छुृ । अहिले तिमीले दशै खर्च गर्नु भनेर रु १५०० दिएको र मंसिरमा विवाह गर्ने बचन’ समेत दिएको उनले निवेदनमा दाबी गरेकी छिन् । तर मंसिर १६ गते आफू राईको निवास गल्फुटार पुग्दा नचिनको भनेकाले ठगिएको महसुस भएको बताएकी छन् ।
उनले आफूलाई जसरी पनि न्याय चाहिएको भन्दै पार्टीले जे फैसला गर्छ त्यसलाई स्वीकार गर्ने रातोपाटीलाई । उनको सो निवेदन अहिले अनुशासन आयोगमा विचाराधीन अवस्थामा छ ।
निवेदनमा २०७३। ५ ।२६ को मिति उल्लेख भएपनि अनुशासन आयोगमा भने निवेदन मंसिरमा दर्ता भएको आयोग उच्च स्रोतले बतायो ।

यस विषयमा पूर्वमन्त्री भन्छन्–
एक वर्षदेखि पार्टीभित्र मेराविरुद्ध एउटा गिरोह सक्रिय छ । त्यो गिरोहले नै ति महिलालाई पूरै सेड्यूअल बनाइदिएर मेरो राजनीति र व्यक्तिगत जीवन सिध्याउन लागेका छन् । मैले यो सबै विषयमा पार्टी अध्यक्ष र प्रहरीमा समेत जानकारी गराएका छु । उनीहरुले गरेको झूटको प्रमाण अध्यक्ष र प्रहरलिाई पनि बुझाएको छु । प्रहरी इभेष्टिगेसन गरिरहेको छ । यथार्थ छिट्टै बाहिर आउने नै छ । ति महिलाले आठ ओटा सिमकार्ड प्रयोग गरेको भेटिएको छ।

उजुरीको एक अंश

No comments

Post a Comment