‘आज मेरा बाआमा सबै खुशी छन् ।’ उनी मुस्कुराए, ‘कुनै समय हाम्रो परिवार संग खासै केहि थिएन तर अहिले सबैथोक छ ।’ दुबईको रोड ट्रान्सपोर्ट अथुरिटी आरटीएद्वारा संचालित मेट्रोका डिपोट कन्ट्रोलर मनिष राई भन्छन् , ‘गाउँमा हुँदा कम्प्युटर देखेको पनि थिइन सहरमा आएपछि कहिलेकाहीं कम्प्युटरको गेम
मा यस्तो देख्थे र खेल्थे तर वास्तविक जीवनमा कम्प्युटरबाट दुबईमा मेट्रो रेल हाँक्न पाउदा सपना जस्तै लागेको छ ।’बिज्ञान र प्रविधि भनेको यहि हो सायद । बिज्ञानको बिद्यार्थी मनिषलाई प्रबिधिप्रति विश्वास थियो तर वास्ताविक जीवनमा यी सब यति छिटो गर्छु भन्ने लागेको थिएन । नेपालको राजनीतिक परिवेश, बेरोजगारको कारण युवाहरुको हरिबिजोग, बन्द हड्ताल, अनि देशको यो नाजुक अबस्थाले नेपालबाट लखेटिएका मनिष एक चोटी त स्वदेश फर्किए । तर विदेशको सुविधा, विदेशको रमझम र त्यहाको सिस्टम भुल्न नसकेपछि उनी फेरि विदेश जाने सोचमा महानगरका सडकहरु भौतारिरहे । दैनिक पत्रिकाका प्रत्येक पन्नाहरु पल्टाउन थाले र सयौं मेन पावर धाउन थाले ।
यहि क्रममा यू ए इ स्थित रोड ट्रान्सपोर्ट अथुरिटी आर टी ए द्वारा संचालित दुवै मेट्रोको पत्रिकामा बिज्ञापन देखे । करिब पौने लाखको तलब सुबिधा देखेपछि उनी अन्तर्वार्ताको लागि तयारीमा जुटे ।दुबैको एक बर्षको बसाई, उनको त्यताको अनुभब र मिठो अंग्रेजी बोल्ने हुँदा पनि उनलाई यो कम्पनिमा जागिर हुनेमा पक्कापक्की थियो ।
भनौ उनको भाग्य नै यहिबाट सुरु भयो, थोरै कामदारको आबश्यकता तर थुप्रै नेपाली बेरोजगार यूवाहरु बीचको प्रतिस्पर्धामा उनी त्यस कामको लागि योग्य भए र कम्पनीको अफर लेटर उनको हातमा आइपुग्यो । एक साधारण नेपाली यूवाको लागि तत्कालीन समयमा पौने लाख बराबरको तलब, अनि त्यो पनि कस्टुमर सर्विस असिस्टेन्ट जुन बैदेशिक रोजगारीको लागि गतिलो जागिर हो ।
कस्टुमर सर्विस असिस्टेन्टबाट प्रमोसन भई सेर्को लिमिटेड दुबई मेट्रोको डिपोट कन्ट्रोलर हुने मौका पाउने एक मात्र नेपाली हुन् धरानका मनिष राई । उनको काम कम्प्युटरबाट दुबई मेट्रो संचालन गर्ने हो । हरेक दिन कम्युटरबाटै मेट्रो रेल गुडाउन सुरु गर्ने, प्रत्येक स्टपमा रोक्ने, यात्रु चढाउने, ढोका बन्द गर्ने ढोका खोल्ने र यात्रु ओराल्ने सबै कम्प्युटरको माउस बाट उनले संचालन गर्दछन् उनी । र अहिले पनि उनी दुवई सहरमा एक्लै यहि काममा रमाइरहेका छन् ।
दुवै मेट्रोको डिपोट कन्ट्रोलर मनिषसंग काम गर्ने प्राय सबै नागरिक यूरोप लगायत अन्य बिकसित देशका छन् । उनी भन्छन् ‘हामी नेपालीले पनि मेहनत गर्न सके र इमान्दार बन्न सके इमान्दारिता र मेहनतको यो खाडी मुलुकमा सम्मान हुँदो रहेछ ।’ के यो पेशामा मिलेको सफलाताले बाबा आमा खुशी हुनुहुन्छ त भनेर प्रश्न गर्दा उनी भन्छन्, ‘पढाउने र पढाइ सकेपछि छोराले कमाओस भन्ने बुबा आमाको चाहाना हो तर मैले पढेर भन्दा पनि जिन्दगीमा परेर धरै सिकेको छु र अहिले यहि खाडी बसेर भने जति मनग्य कमाएको छु ।’ उनी खुशी भए, Yes My parent’s are happy !
No comments
Post a Comment