Latest News

Monday, February 13, 2017

सामान्य लाग्ने यस्ता लक्षण देखिए आन्द्राको क्यान्सर हुनसक्छ

एजेन्सी । बजारमा पाइने खाद्यान्न, साग–सब्जीजस्ता कुनै पनि
चिज शुद्ध नपाईने अर्थात् औषधी प्रयोग गरेर उत्पादन गरिएका खानेकुराले हाम्रो स्वास्थ्यलाई नराम्रो असर गरिरहेको छ ।
हिजोआजको खानपानका कारण धेरैजसो पेटसम्बन्धी रोग लाग्ने गरेको छ । त्यसमा पनि आन्द्राको क्यान्सर एक गम्भिर समस्या हो ।

पढ्नुस् यस्ता छन् लक्षणहरु :
दिसामा रगत देखिनु  :  पेटसम्बन्धी गम्भिर समस्याको संकेत हो । रगत देखिएमा आन्द्राको क्यान्सर हुन सक्छ ।
तौल घट्दै जानु : आन्द्रामा क्यान्सर हुँदैछ भनेविना कारण नै तपाईको तौल घट्दै जान्छ । आफ्नो तौलप्रति संवेदशील हुन आवश्यक छ ।
थकान महशुस हुनु  : धेरै थकान महशुस पनि आन्द्राको क्यान्सरको संकेत हुनसक्छ । त्यस्तै, आन्द्रामा परिवर्तन आउनु वा वान्ता हुनु पनि ठूलो आन्द्राको क्यान्सरको संकेत हो ।
यस्तो क्यान्सर पुरुषमा तेस्रो र महिलामा दोस्रो धेरै देखिने क्यान्सर हो । यस रोगको लक्षण पहिचान गर्न पनि निकै गाह्रो हुन्छ, किनभने यस्ता लक्षण अन्य रोग लागेमा पनि देखा पर्छन् ।३० बर्ष काटेपछि प्रत्येक ५ बर्षमा एक पटक ‘कोलनोस्कोपी’ गराई आन्द्राको क्यान्सरबाट बच्न सक्नुहुन्छ । माथीका कुनै पनि लक्षण देखापरे एक पटक डाक्टरको सल्लाह लिइ सुरक्षित रहनुस्।

No comments

Post a Comment