चन्द्रौटा कपिलवस्तु ३ फागुन – जिल्लाको शिवराज नगरपालिका– १० प्रगतिटोल ‘बी’ बस्ने शोभाखर अधिकारीकी ६ वर्षीया छोरी सीता अधिकारी मृत अवस्थामा फेला परेकी छन् । उनको बलात्कारपछि ह
त्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घरदेखि ५ सय मिटर उत्तर पर्ने जवई खोलामा तैरिरहेको अवस्थामा मंगलबार बिहान करीब साढे ६ बजेतिर खोज्ने क्रममा स्थानीयले बालिकाको शव भेटाएका हुन् । उनको शव अर्धनग्न अवस्थामा फेला परेका वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।सोमबार बेलुका ७ बजेतिर छिमेकीकोमा खेल्न निस्केकी छोरी ८ बजेसम्म पनि घरमा खाना खान नआएपछि आमाले खोजखबर गरिन् ।
आफन्त, छलछिमेकमा पनि छोरी सीतालाई नभेटाएपछि उनले चारैतिर हारगुहार गरिन् । स्थानीय, वडा प्रहरीको टोली, सशस्त्र प्रहरी टोलीले रातभर खोजीकार्य गरे । तर विहान मात्र बालिका मृत अवस्थामा फेला परेकी स्थानीय माधव पाण्डेयले बताए । मृत अवस्थामा फेला परेकी बालिकाको दाहिने हिपमा चिरिएको गहिरो घाउ देखिएको छ । उनको लुगा र चप्पल शव भएको स्थानदेखि १० मिटर टाढा मिलाएर राखेको देखिएको छ । र सोही स्थानमा रगत हिलाम्मे देखिनुका साथै घाँस र जमिन मरेको अवस्था रहेको प्रहरीले जानकारी दिए । मृत बालिकाको शवलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पोष्ट मार्टमपछि परिवारको जिम्मा लगाएको थियो । बालिकाको शवलाई चन्द्रौटा बजार परिक्रमा गरी घटनास्थलतिरै लगी अन्त्यस्थी गरिएको स्थानीय मानव अधिकारकर्मी विष्णुप्रसाद खतिवडाले जानकारी दिए ।
बालिकाको हत्याको आशंकामा छिमेकी १७ वर्षीय भिमबहादुर कुँवरलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए । बालिका शोभाखरकी कान्छी छोरी थिइन् । उनी स्थानीय आवर मदरल्याण्ड एकेडेमी कक्षा एलकेजीमा अध्ययनरत थिइन् । आक्रोशित स्थानीय, विद्यार्थी, शिक्षक, संघसंस्था लगायतले घटनाको सत्यतथ्य र न्यायिक छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरे । बालिकाको विभत्स हत्यापछि स्थानीय व्यापारी व्यवसायी समेत बजार पसल बन्द गरी विरोधमा उत्रिएका थिए । बालिकाको हत्याले प्याप्सन पश्चिम क्लस्टर अन्तर्गतका सम्पूर्ण निजी विद्यालय समेत बन्द भएको सिताराम चौधरीको बाइलाइनमा डीसी नेपालमा खबर छ ।
No comments
Post a Comment