Latest News

Tuesday, February 21, 2017

चर्चित भारतीय हिरोइनहरु बलात्कृत, तीन पक्राउ

केरेला—भारतको दक्षिणी राज्य करेलामा भारतीय प्रहरीले प्रख्यात अभिनेत्री अ
पहरणपछि बलात्कारको अभियोगमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ।
सुनिलकुमार नाम गरेको ती व्यक्तिले बलात्कारको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अपराधमा संलग्न भएको पाएपछि दुई महिनाअघि उनलाई ती हिरोइनले जिम्मेवारीबाट मुक्त गरिदिएकी थिइन्।
उनी आफ्नो कार रोकेर बसेको अवस्थामा बलात्कृत भएकी थिइन्। फिल्मको सुटिङको शिलशिलामा जाने क्रममा तीन जना व्यतिबाट बलात्कृत भएकी उनले प्रहरीमा जोहरी दिएकी थिइन्। मलायलम फिल्मकी चर्चित अभिनेत्री बलात्कारको शिकार भएको प्रहरीले जनाएको छ।
प्रहरीले रहस्य खोतल्नका लागि उनका पूर्व सवारी चालकलाई आइतबार बेलुका नै नियन्त्रणमा लिएको थियो। सुनिलकुमार नाम गरेको ती व्यक्तिले बलात्कारको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अपराधमा संलग्न भएको पाएपछि दुई महिनाअघि उनलाई ती हिरोइनले जिम्मेवारीबाट मुक्त गरिदिएकी थिइन्।

उनकै बयानको अाधारमा अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
पीडित पक्षले बलात्कार, अपहरणको अभियोग भनी मुद्दा जाहेर गरेको छ। घटनालाई लिएर भारतीय फिल्म उद्योगले ठूलो आपति जनाएको छ।फिल्म उद्योगका निर्देशकले घटनाको आपत्ति जनाउँदै यो घटनाले साँझ आफ्नो कामबाट फर्किने सम्पूर्ण महिलाहरुमा त्रास उत्पन्न गराएको बताएका छन्। कलाकार मोहनलालले फेसबुकमा स्टाटस् राख्दै दोषीलाई छिटो भन्दा छिटो कार्वाही हुनुपर्ने अभिव्यतिm दिएका छन्।भारतमा २०१२ यता बलात्कार तथा हत्याका श्रृङ्खला पछिल्लो समयमा व्यापक रुपमा बढेको देखिन्छ। भारतमा महिला तथा बालिकाहरुको बलात्कारसम्बन्धी गतिविधि बढ्दो देखिन्छ। 

No comments

Post a Comment