Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, November 26, 2016

पाँच दिनपछि चालकको शब भेटियो, जीप अझै भेटिएन

बेनीः पाँचदेखि कालीगण्डकी नदीमा जीपसहित बेपत्ता चालकको शब भेटिएको छ। बेनीदेखि घार जाने क्रममा बेनी–जोमसोम सडकखण्ड अन्र्तगत बैसरी नजिकैबाट कालीगण्डकीमा खसेको ग २ च ३६६० नम्बरको बोलेरो जीपका चालक रमेश खड्काको शब शनिबार भेटिएको हो।
दुर्घटनास्थल भन्दा ५ किलोमिटर तल गलेश्वर र बेनीबजारको बीच भाग जलेश्वर भन्ने स्थानमा खड्काको शब भेटिएको हो। नदीमा बालुवा निकाल्ने मजदुरहरुले खड्काको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। खड्काको शब पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
चार दिनअघि साँझ ६ बजे बेनीबाट घर हिँडेका खड्का सम्पर्कमा नआएपछि प्रहरीले खोज्दा कालीगण्डकी खसेको अनुमान गरिएको थियो। चालक खड्काको शव भेटिएपनि जीप भने भेटिएको छैन। सडकबाट खसेको जीप गहिरो तालमा खसेको अनुमान गरिएको छ।
तीनदिन देखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ताल वरपर खोजी गरेपनि अहिलेसम्म जीप फेला नपरेको खड्काले जानकारी दिए। ‘शब शनिबार दिउँसो ३ बजेमात्रै शब भेटिएको हो। त्यसभन्दा अघि त्यो तालमैसशस्त्र प्रहरीको गोताखोर टोलीले विशेष सर्च गरेका थियौँ’, उनले भने, ‘अझै जीपको अत्तोपत्तो छैन ।’
गहिरो र पानीको वेग बढी भएको ठाउँमा जीप खसेकाले जीप पत्ता लाग्न नसकेको भन्दै अझै केही खोजी गरिने प्रहरीले जनाएको छ ।

No comments

Post a Comment